प्याण्डोराको बाकस खोलेजस्तो प्रतिगमनका लागि ढोका खुल्दैनः प्रधानमन्त्री « Khabarhub

प्याण्डोराको बाकस खोलेजस्तो प्रतिगमनका लागि ढोका खुल्दैनः प्रधानमन्त्री


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न राजनीतिक समिति बनाउने बताएका छन् ।

मधेस प्रदेशसभालाई मङ्गलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमनका लागि ढोका खोल्न भने संविधान संशोधन नहुने बताए ।

“सामाजिक सद्भाव र राष्ट्रिय एकता बनाउनका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छाैँ, त्यसका लागि नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ,” प्रधानमन्त्री ओलीले भने, “तर प्याण्डोराको बाकस खोलेजस्तो गर्दैनौँ, प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ ।”

विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तामा राजतन्त्र फेरि ल्याउने भनेर भ्रम छर्न खोजिएको उनले बताए । नयाँ पुस्तालाई सचेत हुन प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘‘आजको सचेत समाजले त्यस्तो सामन्ति व्यवस्था स्वीकार्न सक्दैन, गणतन्त्र यस देशको वर्तमान र भविष्य हो, प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा हो ।”

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : २८ बजे

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट