तीनकुने घटनाबारे लिङ्देनको कटाक्ष- प्रहरी महानिरीक्षक थापा त युवासंघका सह-अध्यक्ष पो रहेछन् « Khabarhub

तीनकुने घटनाबारे लिङ्देनको कटाक्ष- प्रहरी महानिरीक्षक थापा त युवासंघका सह-अध्यक्ष पो रहेछन्


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी महानिरीक्षक दीपक थापाको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

मंगलबार बल्खुमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले प्रहरी प्रमुख थापा नेकपा एमालेनिकट युवा संघको सह-अध्यक्ष रहेको दाबी गरे ।

राजावादी समूहहरूले तीनकुनेमा गरेको प्रदर्शनबारे प्रहरी प्रमुख थापा निर्लज्ज रुपमा प्रस्तुत भएको उनको आरोप छ ।

चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख थापाले लिनुपर्ने उनले बताए ।

‘प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार छन् । गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान्, भनेको त, अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछन् । हामीले भेटेका खोका, अश्रु ग्यासको सेलका बोक्रा, जहाँ एक्सपाइरी डेट २००८ लेखिएको छ, २०१०, १२ लेखिएको छ’, उनले भने, ‘त्यो दुर्गा प्रसाईंहरूले बोकेर ल्याएर हानेको अश्रु ग्यास हो ? अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ– हामीले हानेको अश्रुग्यास कसरी डेट एक्पाएर भएको हुन्छ ?’

अध्यक्ष लिङ्देनले प्रहरी प्रमुख थापालाई फुली लगाइदिने दलका नाइकेहरू सधैँ सत्तामा रहँदैनन् भन्ने कुराको हेक्का राख्न आग्रह गरे ।

‘म भन्न चाहन्छु– प्रहरी, प्रहरी भएर बस्नुपर्छ । कुनै राजनीतिक दलको भातृ संगठन भएर बस्ने होइन । तपाईंलाई त्यो फुली लगाइदिने दलका नाइकेहरू र सिफारिस गर्नेहरु सधैँ सत्तामा रहँदैनन्’, उनले भने, ‘तिनीहरूको सधैँ हालिमुहाली चल्दैन । यो कुरा याद राख्नु, प्रहरी, प्रहरी भएर बसेको राम्रो ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ५१ बजे

सीमामा पाँचौँ दिनको युद्ध : ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

एजेन्सी– पाकिस्तान र अफगानिस्तानसँगबीच जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश

डाँपराजुलमा गाडी दुर्घटना, ८ जना घाइते

दैलेख– सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको एसएमएल गाडी डाँपराजुलस्थित वैरी स्कुल

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

सिद्धार्थनगर – जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय