बचत फिर्ता हुन्छ भन्दै सहकारीका बचतकर्तालाई जान थाल्यो भ्रामक एसएमएस र फोन « Khabarhub

बचत फिर्ता हुन्छ भन्दै सहकारीका बचतकर्तालाई जान थाल्यो भ्रामक एसएमएस र फोन


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीमा बचत डुबेका बचतकर्ताहरूलाई फिर्ता हुन्छ भन्दै भ्रामक एसएमएस र फोन जान थालेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचना जारी गर्दै सो समितिको स्वामित्वमा आएका सहकारीका बचतकर्तालाई बचत रकम फिर्ता गर्छौँ भनी भ्रामक हिसाबले एसएमएस र फोन गरिएको जनाएको हो ।

समितिले एक सूचना प्रकाशित गर्दै ‘सहकारी संस्थाका व्यवस्थापनका कार्यहरू हामीबाट हुन्छ भन्दै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लगायत यस समितिमा रहेका अन्य समस्याग्रस्त सहकारीहरूका बचतकर्ताको नाममा यस समितिको स्वीकृति बिना भ्रामक एसएमएस, फोन जस्ता माध्यमहरूमार्फत अनाधिकृत कार्यहरू गरिएको प्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ’ भनेको छ ।

समितिले भ्रामक हिसाबले बचतकर्तालाई एसएमएस पठाउने र फोन गर्ने व्यक्तिलाई कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने समेत जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ०१ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण