बचत फिर्ता हुन्छ भन्दै सहकारीका बचतकर्तालाई जान थाल्यो भ्रामक एसएमएस र फोन | Khabarhub Khabarhub

बचत फिर्ता हुन्छ भन्दै सहकारीका बचतकर्तालाई जान थाल्यो भ्रामक एसएमएस र फोन


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीमा बचत डुबेका बचतकर्ताहरूलाई फिर्ता हुन्छ भन्दै भ्रामक एसएमएस र फोन जान थालेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचना जारी गर्दै सो समितिको स्वामित्वमा आएका सहकारीका बचतकर्तालाई बचत रकम फिर्ता गर्छौँ भनी भ्रामक हिसाबले एसएमएस र फोन गरिएको जनाएको हो ।

समितिले एक सूचना प्रकाशित गर्दै ‘सहकारी संस्थाका व्यवस्थापनका कार्यहरू हामीबाट हुन्छ भन्दै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लगायत यस समितिमा रहेका अन्य समस्याग्रस्त सहकारीहरूका बचतकर्ताको नाममा यस समितिको स्वीकृति बिना भ्रामक एसएमएस, फोन जस्ता माध्यमहरूमार्फत अनाधिकृत कार्यहरू गरिएको प्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ’ भनेको छ ।

समितिले भ्रामक हिसाबले बचतकर्तालाई एसएमएस पठाउने र फोन गर्ने व्यक्तिलाई कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने समेत जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ०१ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै