जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सय जना लाभान्वित « Khabarhub

जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सय जना लाभान्वित


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट–सिँजा स्वास्थ्य चौकीमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरबाट छ सय एक जना लाभान्वित भएका छन् ।

सो गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो ।

त्यस्तै, स्थानीय जनताको आँखाको स्वास्थ्य परीक्षणसहित ३०० जनालाई निःशुल्क रूपमा चस्मा प्रदान गरिएको कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य निरीक्षक वीरन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।

कनकासुन्दरी गाउँपालिकाका प्रमुख दामोदरप्रसाद आचार्यले दक्ष तथा अनुभवी चिकित्सक एवं स्वास्थ्यकर्मीको सहयोगमा गाउँगाउँमा पुगी सर्वसुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा यस पटक निःशुल्क आँखा शिविर सञ्चालन गरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीका अनुसार गाउँपालिकाको आयोजनामा हाट–सिँजामा सञ्चालित स्वास्थ्य शिविरमा उपचार गर्न आउने बिरामीलाई घरसम्म पुर्‍याउने र खान बस्ने व्यवस्थासहित फलफूलसमेत वितरण गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ५७ बजे

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ