उद्योग बन्द गर्दै वैदेशिक रोजगारमा : चितवनका २७९ उद्योगमा ताला « Khabarhub

उद्योग बन्द गर्दै वैदेशिक रोजगारमा : चितवनका २७९ उद्योगमा ताला


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन– वैदेशिक रोजगारीमा जाने प्रयोजन देखाउँदै चितवनमा २७९ उद्योग बन्द गरिएको छ ।

उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका हुन् । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक रोजगारीको प्रयोजन देखाउँदै अधिकांश उद्योग बन्द गरिएको हो ।

उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक उद्योग बन्द भएका हुन् । वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योगको लगत कट्टा गरिएको छ । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए ।

कतिपय सञ्चालन हुन नसकेर पनि बन्द भएका छन् । सूचना अधिकारी कुमालका अनुसार यस वर्ष २७३ नयाँ उद्योग दर्ता भएका छन् ।

निजी फर्ममा २६२, सामुदायिक फर्ममा सात र प्राइभेट लिमिटेडमा चार उद्योग दर्ता भएका हुन् । यो सङ्ख्या गत वर्ष सोही अवधिमा ३२९ उद्योग दर्ता भएर सञ्चालनमा आएका थिए ।

उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरूको सङ्ख्या उच्च रहेको उनले बताए ।

यस आर्थिक वर्षमा दुई हजार १६७ उद्योग नवीकरण भएका छन् । त्यसमध्ये नौ वटाले नामसारी गरेका छन् भने ३१ वटाले ठाउँसारी गरेका छन् ।
यस्तै २८ वटाले कारोबार संशोधन, सुविधा सिफारिस लिएको कुमालले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ५ : १२ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको