उद्योग बन्द गर्दै वैदेशिक रोजगारमा : चितवनका २७९ उद्योगमा ताला « Khabarhub

उद्योग बन्द गर्दै वैदेशिक रोजगारमा : चितवनका २७९ उद्योगमा ताला


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन– वैदेशिक रोजगारीमा जाने प्रयोजन देखाउँदै चितवनमा २७९ उद्योग बन्द गरिएको छ ।

उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका हुन् । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक रोजगारीको प्रयोजन देखाउँदै अधिकांश उद्योग बन्द गरिएको हो ।

उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक उद्योग बन्द भएका हुन् । वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योगको लगत कट्टा गरिएको छ । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए ।

कतिपय सञ्चालन हुन नसकेर पनि बन्द भएका छन् । सूचना अधिकारी कुमालका अनुसार यस वर्ष २७३ नयाँ उद्योग दर्ता भएका छन् ।

निजी फर्ममा २६२, सामुदायिक फर्ममा सात र प्राइभेट लिमिटेडमा चार उद्योग दर्ता भएका हुन् । यो सङ्ख्या गत वर्ष सोही अवधिमा ३२९ उद्योग दर्ता भएर सञ्चालनमा आएका थिए ।

उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरूको सङ्ख्या उच्च रहेको उनले बताए ।

यस आर्थिक वर्षमा दुई हजार १६७ उद्योग नवीकरण भएका छन् । त्यसमध्ये नौ वटाले नामसारी गरेका छन् भने ३१ वटाले ठाउँसारी गरेका छन् ।
यस्तै २८ वटाले कारोबार संशोधन, सुविधा सिफारिस लिएको कुमालले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ५ : १२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर