आन्दोलनरत आवासीय चिकित्सकलाई कारबाही गर्ने नेपाल मेडिकल कलेजको चेतावनी  « Khabarhub

आन्दोलनरत आवासीय चिकित्सकलाई कारबाही गर्ने नेपाल मेडिकल कलेजको चेतावनी 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजले आन्दोलनरत आवासीय चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

मंगलबार कलेजका विभागीय प्रमुख, प्रबन्ध निर्देशक, प्राचार्य तथा अस्पताल निर्देशकसहित बसेको बैठकले सार्वजनिक सुचना जारी गर्दै बिना जानकारी अनुपस्थित रहेका आवासीय चिकित्सकलाई कारबाही गर्ने बताएको हो । 

‘अनुपस्थित रहेका आवासीय चिकित्सकको नाम व्यवस्थापनलाई पठाइदिन अनुरोध छ । उक्त नामावली अस्पताल निर्देशकमार्फत प्राचार्यज्यूलाई आवश्यक कारबाहीका लागि पठाइने छ ।’ कलेज प्रशासनले विभागीय प्रमुखलाई पठाएको पत्रमा भनिएको छ, 

सरकारले निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो । तर २५ माघमा बसेको चिकित्सा शिक्षा आयोगले गरेको सो निर्णय लागू नभएको भन्दै अहिले आवासीय चिकित्सक सडक आन्दोलनमा उत्रिएका छन् ।

हप्ताको १२० घण्टा बढी खट्ने आवासीय चिकित्सकलाई मेडिकल कलेजहरूले २० हजारभन्दा कम निर्वाह भत्ता दिँदै आएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ५ : ३० बजे

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित