भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ | Khabarhub Khabarhub

भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म भेष धारण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मध्य प्रदेश राज्यको निजी मिशन अस्पतालमा काम गरेका कथित ठगलाई ठगी र जालसाजीको आरोपमा पक्राउ गरिएको प्रहरी अधीक्षक श्रुतकीर्ति सोमवंशीले पत्रकारहरूलाई बताए ।

“उनका कागजातहरू नक्कली भएको पाइएको छ… अभियुक्त चिकित्सकलाई हाम्रो टोलीले पक्राउ गरेको छ”, सोमवंशीले भने ।

पक्राउ परेका व्यक्तिले आफ्नो नाम ‘नरेन्द्र जोन क्याम’ भनेका छन् । यो नाम अस्पतालको वेबसाइटमा हिन्दीमा लेखिएको नामसँग मिल्दछ ।

स्थानीय मिडियामा प्रकाशित मुखाकृतिमा उनलाई पहेँलो फुस्रो कपालसहित देखाइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले यस वर्ष मिसन अस्पतालमा सात जना बिरामीको मृत्युको अनुसन्धान सुरु गरेको केही दिनपछि यो गिरफ्तारी भएको हो ।

गिरफ्तार व्यक्तिद्वारा सबै सात जनाको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको थियो ।

स्थानीय मिडियाका अनुसार उनले बेलायतमा रहेका वास्तविक हृदयरोग विशेषज्ञ जोन क्यामको छद्म भेष धारण गरेका थिए । जोन क्याम सेन्ट जर्जेज युनिभर्सिटी अफ लन्डनमा क्लिनिकल कार्डियोलोजीका एमेरिटस प्रोफेसर हुन् ।

बेलायतमा आधारित क्यामले कुनै गलत काम गरेको सङ्केत छैन । उनले एएफपीलाई यो घटना ‘अत्यन्त चिन्ताजनक’ भएको बताए ।

ती व्यक्तिले “विभिन्न समयमा मेरो छद्म भेष धारण गरेको र लन्डनको सेन्ट जर्जेज अस्पतालमा मेरो प्रशिक्षण लिएको दावी गरेको’ क्यामले बताए ।

क्यामले आफू र आफ्ना सहकर्मीहरूले गत पाँच वर्षदेखि ठगलाई रोक्न पटक–पटक प्रयास गरेको पनि बताए ।

“मैले पत्ता लगाएँ कि मैले यसबारे केही पनि गर्न सक्दिनथेँ, तर मेरा कम उमेरका सहकर्मीहरू, जो इन्टरनेटमा सामाजिक सञ्जालमा सक्रिय थिए, उनीहरूले आफ्नो सकेसम्मको प्रयास गरे”, क्यामले लन्डनबाट लेखेका छन्, “भारतीय चिकित्सक र हृदयरोग विशेषज्ञहरूले चाँडै नै यी व्यक्तिको मसँग कुनै सम्बन्ध छैन भन्ने कुरा पत्ता लगाए र उनलाई ‘बन्द गर्ने’ प्रयास गरे ।”
“ठगको बारेमा हालैका रिपोर्टहरू अपेक्षाकृत शान्त थिए र मैले सोचेँ कि उनीहरू सफल भएका थिए”, क्यामले भने, “पक्राउको खबर मेरो लागि दुःखद छ र सम्भवतः बिरामीहरूका आफन्तहरूको लागि अझ बढी, जो पीडित भएका हुन सक्छन् ।”

मध्य प्रदेशका उपमुख्यमन्त्री राजेन्द्र शुक्लाले दोषी ठहरिए पक्राउ व्यक्तिविरुद्ध कडा कारबाही गरिने बताए ।

यो घटना मृत्यु भएका बिरामीहरूको एक परिवारले उजुरी गर्न अगाडि आएपछि सार्वजनिक भएको हो ।

“मेरी आमाको मृत्यु हुनासाथ चिकित्सक हराए”, छोरा नबी कुरैशीले प्रसारक एनडीटीभीलाई भनेको उद्धृत गरिएको छ ।

भारतमा विशेष गरी ठूलो जनसङ्ख्या निरक्षर रहेको ग्रामीण क्षेत्रमा व्यक्तिहरूले चिकित्सकको वेशमा काम गरेको रिपोर्टहरू व्यापक छन् ।

अधिकारीहरूले हालका वर्षहरूमा नक्कली चिकित्सकहरूमाथि कारबाही गरेका छन्, क्लिनिकहरूमा छापा मारेका छन् र पक्राउ गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : ४९ बजे

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

डुम्रे– जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

चितवन–  नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई 

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई-मधेस दू्रतमार्ग

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

अहमदाबाद – भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण