कालीकोटको खाँडाचक्र नगरपालिकाले शिक्षकको आन्दोलनलाई समर्थन | Khabarhub Khabarhub

कालीकोटको खाँडाचक्र नगरपालिकाले शिक्षकको आन्दोलनलाई समर्थन


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालीकोटको खाँडाचक्र नगरपालिकाले शिक्षकहरूले जारी आन्दोलन समर्थन गरेको छ । शिक्षकको आन्दोलनका कारणले नगरपालिकाभित्र शैक्षिक गतिविधिमा असर परेका कारणले शिक्षकका मा पुरा गर्न माग गरेको हो ।

नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू संघीय शिक्षा ऐन, नेपाल सरकारले हालसम्म पनि जारी नगरेका कारणले गर्दा आफ्‌ना माग सम्बोधन नभएको भनी उक्त संघीय शिक्षा ऐन जारी गराउने प्रयोजनका लागि मिति चैत २० गते देखि काठमाडौं केन्द्रित भएकाले शैक्षिक गतिविधि हुन नसकेको नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए । 

‘नगरभित्रका सामुदायिक विद्यालयमा परीक्षाफल प्रकाशन, नयाँ भर्ना कार्यक्रममा प्रभावित भएको छ,’ उनले भने,‘जायज माग पुरा गराउनका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पनि लेखेका छौँ ।’ 

अनिश्चितकालिन आन्दोलन सुरु गरेको हुँदा उक्त आन्दोलनबाट विद्यालयका नियमित कामकाजका साथै नगरपालिकाको शैक्षिक सत्र २०८२ को अभियानसमेत तोकिएको समयमा सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको प्रमुख शाहीले जानकारी दिए ।

‘शिक्षक तथा कर्मचारीहरूका जायज मागहरूमा समर्थन रहेको ब्यहोरा जानकारी गराउँदै उक्त जायज मागहरू यथाशीघ्र रूपमा सम्बोधन गरी आन्दोलनमा सहभागी शिक्षक तथा कर्मचारीहरूलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा फर्किने वातावरण सिर्जना गरिनुपर्छ,’ उनले भने  ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : ४८ बजे

बडिमालिका धार्मिक आस्थाको केन्द्रबिन्दु : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बडिमालिका संरक्षण

धितोपत्र बोर्डको सञ्चालकमा महासंघ उपाध्यक्ष ढकाल नियुक्त 

काठमाडौं– नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष

एनपी साउदले भने- इन्टेलिजेन्स विधेयकले व्यक्तिको गोपनीयताको हक खण्डित गर्छ

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले तयार गरेको मस्यौदाअनुसार

नीताको ‘पार्वती’मा दीपाश्री अनुबन्ध

काठमाडौं – नायिका नीता ढुङ्गानको निर्देशनमा बन्ने भनिएको फिल्मको शीर्ष