बङ्गलादेशमा हत्या प्रयासको आरोपमा पूर्वअभियोजक पक्राउ « Khabarhub

बङ्गलादेशमा हत्या प्रयासको आरोपमा पूर्वअभियोजक पक्राउ


२५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

ढाका– निर्वासित कट्टरपन्थी प्रधानमन्त्री शेख हसिनाको शासनकालमा इस्लामवादी नेताहरूलाई मृत्युदण्डको सजाय सुनाउने अदालतमा वरिष्ठ अभियोजकका रूपमा काम गर्ने वकिललाई पक्राउ गरेको बङ्गलादेशी प्रहरीले मङ्गलबार जनाएको छ ।

यो मुद्दा हसिनाको शासनकालमा उच्च पदमा रहेका व्यक्तिहरूको थुप्रै थुनाको शृङखलामा ताजा घटना हो । हसिना स्वयं गत अगस्टमा आफ्नो सरकारलाई अपदस्थ गर्ने अशान्तिका क्रममा सयौँ प्रदर्शनकारीको हत्याका लागि मानवता विरुद्धको अपराधको आरोपमा खोजी गरिएको व्यक्ति हुन् ।

राजधानी ढाकाका प्रहरी उप–आयुक्त मुहिदुल इस्लामका अनुसार तुरिन अफरोजलाई सोमबार राति हत्या प्रयासको आरोपमा विद्यार्थी नेतृत्वको विद्रोहसँग सम्बन्धित एक मुद्दामा पक्राउ गरिएको थियो ।

गत अगस्टमा सुरक्षा बलले विरोध प्रदर्शन रोक्न खोज्दा गोली लागेका २१ वर्षीय मोहम्मद जब्बारले अफरोजविरुद्ध मुद्दा दायर गरेका थिए ।

“यो विशेष मुद्दामा उनका कयौँ सह–आरोपीहरू छन्, तर कोही पनि उनी जत्तिको प्रतिष्ठित छैनन्”, मुहिदुलले भने ।

अफरोज बङ्गलादेशको घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा अभियोजक थिइन् । हसिनाले सन् २०१० मा पाकिस्तान विरुद्धको देशको सन् १९७१ को स्वतन्त्रता युद्धको समयमा अत्याचारको छानबिन गर्न न्यायाधिकरण स्थापना गरेकी थिइन् ।

यसले पछिल्ला वर्षहरूमा धेरै प्रमुख राजनीतिक विरोधीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो । यसलाई हसिनाका लागि आफ्ना प्रतिद्वन्द्वीहरूलाई उन्मूलन गर्ने माध्यमको रूपमा व्यापक रूपमा हेरिएको थियो ।

फाँसीको सजाय सुनाइएका जमात–ए–इस्लामी पार्टीका धेरैजनासहित कम्तीमा छ जना इस्लामवादी नेताहरूको मामिलामा अफरोजले प्रमुख भूमिका खेलेकी थिइन् । गुलाम आजमबाहेक सबैलाई मृत्युदण्ड दिइएको थियो ।

यस्तो आरोपमा पूर्वअभियोजक पक्राउ परेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ७ : ५५ बजे

दशौँ राष्ट्रिय खेलकुद : आज ८ विधाका खेल हुँदै

सुर्खेत– कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज

अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

रूपन्देही– नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

चितवन– चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड

इलामको पशुपतिनगरबाट अवैध सामान तथा चौपाया बरामद

इलाम– सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु