सरकारले बाटो बिरायो भने संसदमा बोलिन्छ : साउद | Khabarhub Khabarhub

सरकारले बाटो बिरायो भने संसदमा बोलिन्छ : साउद


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीका नेताहरुले दिँदै आएका सुझावहरुलाई सरकारले रचनात्मक सुझावका रुपमा लिनुपर्ने बताएका छन् ।

३५ औँ जनआन्दोलन दिवसको अवसरमा मंगलबार चितवनमा आयोजित पूर्वसांसद भीमबहादुर श्रेष्ठद्वारा लिखित पुस्तकको विमोचन समारोहमा उनले सरकारलाई दिइने सुझावहरु दूराशयपूर्ण नरहेको बताए ।

‘हामीले भन्ने गरेका छौँ, सरकारले बाटो बिराउन पाउँदै, संविधान मिच्न पाउँदैन । कानुन मिच्न पाउँदैन, नीतिभन्दा बाहिर जान पाउँदैन भनेर लगातार अभिव्यक्ति दिइरहेका छौँ,’ नेता साउदले भने, ‘त्यो अभिव्यक्ति दूराशयबाट प्रेरित छैन, सरकारले रचनात्मक सुझावका रुपमा अंगीकार गर्नु पर्छ ।’

पूर्व परराष्ट्रमन्त्री साउदले दुई ठूला पार्टी मिलेर सरकार बनाउँदा प्रतिपक्ष कमजोर भएकाले कांग्रेसकै नेताहरुले सरकारलाई सचेत गरिराखेको बताए ।

‘पहिलो र दोस्रो पार्टी एक ठाउँमा भएपछि साना पार्टीहरु सरकारमा रहन सक्दैनन् । उनीहरुको बहुमत पुग्न सक्दैन,’ नेता साउदले भने, ‘त्यसकारण सरकारले बाटो बिरायो भने पनि ठूला दलका सांसदको हैसियतले, नेताको हैसियतले आफ्नो फोरम संसदमा बोल्ने गरेका छौँ ।’

उनले कांग्रेस-एमाले मिलेर बनेको सरकारले जनमुखी काम गरेर जनअपेक्षा पूरा गर्नु पर्नेमा जोड दिए ।

‘सरकारले जनमुखी काम गर्नु पर्छ । जनताका जुन आशा-अपेक्षा छन् , त्यसलाई पूरा गर्ने गरी काम गर्नु पर्छ,’ साउदले भने ।

उनले सरकार गठनका लागि दुई दलबीच भएको सात बुँदे सहमतिलाई आधार मानेर काम गर्नु पर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १० : ५७ बजे

सञ्जालमा छाडा गीत : न डिलिट गर्न सहज, न कुनै कानूनी उपचार !

दुई दशक अगाडि सपरिवार बसेर टिभी हेर्ने चलन थियो। रेडियो

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– लेदोसहितको पहिरोले बीपी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक