सरकारले बाटो बिरायो भने संसदमा बोलिन्छ : साउद « Khabarhub

सरकारले बाटो बिरायो भने संसदमा बोलिन्छ : साउद


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीका नेताहरुले दिँदै आएका सुझावहरुलाई सरकारले रचनात्मक सुझावका रुपमा लिनुपर्ने बताएका छन् ।

३५ औँ जनआन्दोलन दिवसको अवसरमा मंगलबार चितवनमा आयोजित पूर्वसांसद भीमबहादुर श्रेष्ठद्वारा लिखित पुस्तकको विमोचन समारोहमा उनले सरकारलाई दिइने सुझावहरु दूराशयपूर्ण नरहेको बताए ।

‘हामीले भन्ने गरेका छौँ, सरकारले बाटो बिराउन पाउँदै, संविधान मिच्न पाउँदैन । कानुन मिच्न पाउँदैन, नीतिभन्दा बाहिर जान पाउँदैन भनेर लगातार अभिव्यक्ति दिइरहेका छौँ,’ नेता साउदले भने, ‘त्यो अभिव्यक्ति दूराशयबाट प्रेरित छैन, सरकारले रचनात्मक सुझावका रुपमा अंगीकार गर्नु पर्छ ।’

पूर्व परराष्ट्रमन्त्री साउदले दुई ठूला पार्टी मिलेर सरकार बनाउँदा प्रतिपक्ष कमजोर भएकाले कांग्रेसकै नेताहरुले सरकारलाई सचेत गरिराखेको बताए ।

‘पहिलो र दोस्रो पार्टी एक ठाउँमा भएपछि साना पार्टीहरु सरकारमा रहन सक्दैनन् । उनीहरुको बहुमत पुग्न सक्दैन,’ नेता साउदले भने, ‘त्यसकारण सरकारले बाटो बिरायो भने पनि ठूला दलका सांसदको हैसियतले, नेताको हैसियतले आफ्नो फोरम संसदमा बोल्ने गरेका छौँ ।’

उनले कांग्रेस-एमाले मिलेर बनेको सरकारले जनमुखी काम गरेर जनअपेक्षा पूरा गर्नु पर्नेमा जोड दिए ।

‘सरकारले जनमुखी काम गर्नु पर्छ । जनताका जुन आशा-अपेक्षा छन् , त्यसलाई पूरा गर्ने गरी काम गर्नु पर्छ,’ साउदले भने ।

उनले सरकार गठनका लागि दुई दलबीच भएको सात बुँदे सहमतिलाई आधार मानेर काम गर्नु पर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १० : ५७ बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा