चेन्नईसँग पराजित भएसँगै कलकता आईपीएलको पहिलो चरणबाट बाहिरिने सम्भावना बढ्यो « Khabarhub

चेन्नईसँग पराजित भएसँगै कलकता आईपीएलको पहिलो चरणबाट बाहिरिने सम्भावना बढ्यो


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै सविक विजेता कलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनको पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

आईपीएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना कलकताका लागि गणितीय रूपमा बाँकी रहे पनि व्यवहारिक रूपमा लगभग अन्त्य भएको छ । बुधवार इडेन गार्डेनमा भएको खेलमा यसअघि नै पहिलो चरणबाट बाहिरिएको चेन्नईले कलकतालाई दुई विकेटले हराएको हो । कलकताले दिएको १८० रनको लक्ष्य पछ्याएको चेन्नईले दुई बल बाँकी रहँदा ८ विकेटको क्षतिमा १८३ रन जोडेको हो ।

तस्बिर : बिसीसीआई

६० रनमा ५ विकेट गुमाएको चेन्नईलाई खेलमा फर्काउने क्रममा डेवाल्ड ब्रेसभसले २५ बलमा ५१ रन प्रहार गरे । यसैगरी, उर्भिल पटेलले ११ बलमा ३१ रन प्रहार गरे । शिवं दुवेले ४० बलमा ४५ रन जोडे ।

कलकत्ताका वैभव आरोहाले तीन विकेट लिए पनि तीन ओभरमा ४८ रन खर्चे । वरुण चक्रवर्तीले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । हर्षित रानाले दुई विकेट लिने क्रममा चार ओभरमा ४३ रन खर्चिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कलकताले ६ विकेटको क्षतिमा १७९ रन जोडेको थियो । कलकताका लागि कप्तान अजान्के रहानेले ४८, आन्द्रे रसेलले २१ बलमा ३८, मनिस पाण्डेले अविजित रहँदै २८ बलमा २६ तथा सुनिल नारायणले २६ रन जोडे । २०० रन भन्दा माथिको आँकडामा अघि बढेको कलकतालाई रोक्ने क्रममा नुर अहमदले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए ।

कलकता १२ खेलमा ११ अङ्क सहित छैटौँ स्थानमा छ । चेन्नाई भने ६ अङ्कसहित पुछारमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : २५ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण