चेन्नईसँग पराजित भएसँगै कलकता आईपीएलको पहिलो चरणबाट बाहिरिने सम्भावना बढ्यो « Khabarhub

चेन्नईसँग पराजित भएसँगै कलकता आईपीएलको पहिलो चरणबाट बाहिरिने सम्भावना बढ्यो


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै सविक विजेता कलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनको पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

आईपीएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना कलकताका लागि गणितीय रूपमा बाँकी रहे पनि व्यवहारिक रूपमा लगभग अन्त्य भएको छ । बुधवार इडेन गार्डेनमा भएको खेलमा यसअघि नै पहिलो चरणबाट बाहिरिएको चेन्नईले कलकतालाई दुई विकेटले हराएको हो । कलकताले दिएको १८० रनको लक्ष्य पछ्याएको चेन्नईले दुई बल बाँकी रहँदा ८ विकेटको क्षतिमा १८३ रन जोडेको हो ।

तस्बिर : बिसीसीआई

६० रनमा ५ विकेट गुमाएको चेन्नईलाई खेलमा फर्काउने क्रममा डेवाल्ड ब्रेसभसले २५ बलमा ५१ रन प्रहार गरे । यसैगरी, उर्भिल पटेलले ११ बलमा ३१ रन प्रहार गरे । शिवं दुवेले ४० बलमा ४५ रन जोडे ।

कलकत्ताका वैभव आरोहाले तीन विकेट लिए पनि तीन ओभरमा ४८ रन खर्चे । वरुण चक्रवर्तीले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । हर्षित रानाले दुई विकेट लिने क्रममा चार ओभरमा ४३ रन खर्चिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कलकताले ६ विकेटको क्षतिमा १७९ रन जोडेको थियो । कलकताका लागि कप्तान अजान्के रहानेले ४८, आन्द्रे रसेलले २१ बलमा ३८, मनिस पाण्डेले अविजित रहँदै २८ बलमा २६ तथा सुनिल नारायणले २६ रन जोडे । २०० रन भन्दा माथिको आँकडामा अघि बढेको कलकतालाई रोक्ने क्रममा नुर अहमदले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए ।

कलकता १२ खेलमा ११ अङ्क सहित छैटौँ स्थानमा छ । चेन्नाई भने ६ अङ्कसहित पुछारमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : २५ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको