पिएसजी च्याम्पियन्स लिगको फाइनलमा « Khabarhub

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा


२५ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा १-० को सफलता पाएको पिएसजीले बुधबार राति भएको दोस्रो लेग सेमिफाइनलमा आर्सनल माथि २-१ को जित हात पारेको हो ।

दोस्रो लेगमा पनि पहिलो लेगमा झैँ गोलरक्षक जियानलुइगी डुमाउराउमाले सानदार बचाउ गरे। उनले आर्सनलका गाब्रियल मार्टीनेली तथा मार्टिन ओडेगार्डको प्रहारलाई बचाएका थिए।

खेलको २७ औँ मिनेटमा फाबियन रुइजले पिएसजीका लागि पहिलो गोल गरेका थिए। ७२ औँ मिनेटमा एक्राफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रता फराकिलो बनाएका थिए। यसैगरी ७६ औँ मिनेटमा बुलायाको साकाले आर्सनलका लागि गोल गरे। अब पिएसजीले उपाधिका लागि इन्टर मिलानसँग खेल्ने छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : २९ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का