आज मोहिनी एकादशी व्रत  « Khabarhub

आज मोहिनी एकादशी व्रत 


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज वैशाख शुक्ल एकादशी । मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताएको ती ग्रन्थमा उल्लेख गरिएको छ ।

वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेतायुगमा रामचन्द्रले पनि गुरु वशिष्‍ठसँग प्रश्न गरेको बताइन्छ । सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान् रामचन्द्रले गुरु वशिष्‍ठसँग जिज्ञासा राखेपछि यसको महत्वबारे उनले प्रस्ट पारेको कथा रामायणलगायत ग्रन्थमा पनि उल्लेख गरिएको छ ।

गुरु वशिष्‍ठले सरस्वती नदी किनारको सुमना भद्रावती नामक नगरका राजाका कान्छा छोराको कथासमेत सुनाएर यो एकादशी व्रतबारे प्रस्ट पारेको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आजको दिन व्रत गरेमा दुःख, कष्टलगायत मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ७ : १९ बजे

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक