हरिचौर–मल्म–पाण्डवखानी सडक स्तरोन्नति हुँदै « Khabarhub

हरिचौर–मल्म–पाण्डवखानी सडक स्तरोन्नति हुँदै


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक योजना’ अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडकको स्तरोन्नति प्रारम्भ भएको छ ।

चालु आर्थिक वर्षमा आठ किलोमिटर स्तरोन्नति गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । सङ्घीय सरकारबाट प्राप्त ४० करोड रुपैयाँको लागतमा स्तरोन्नति थालिएको हो ।

हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको उक्त कार्यालयका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए । आठ किलोमिटरमध्ये चार किलोमिटर कालोपत्रका लागि तयार भएको छ । बाँकी भागमा सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण, टोव पर्खाल लगाउनेलगायत काम जारी छ ।

गलकोटको हरिचौरदेखि सुरु भएको सडक मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीखोला हुँदै प्युठान जोडिन्छ । यो सडक ४० किलोमिटर लामो छ । सडकको सुरु विन्दुबाट काम थालिएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ९ : ४९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति