फ्रान्सेली स्रोतको दाबी : पाकिस्तानले भारतको ‘कम्तीमा एउटा’ रफायल खसाल्यो « Khabarhub

फ्रान्सेली स्रोतको दाबी : पाकिस्तानले भारतको ‘कम्तीमा एउटा’ रफायल खसाल्यो


२५ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले गरेको हवाइ आक्रमणमा कम्तीमा एउटा रफायल लडाकु विमान पाकिस्तानले खसालेको फ्रान्सेली गुप्तचर स्रोतले पुष्टि गरेको छ । एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भारत प्रशासित जम्मु कश्मीरमा भएको आतंककारी आक्रमणको बदला लिन भारतले पाकिस्तानमा ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारवाही गरेको हो ।

भारतीय कारवाहीको जवाफस्वरुप पाकिस्तानले भारतका ५ वटा लडाकु विमान खसालेको दाबी गर्दै आएको छ । पाकिस्तानले फ्रान्समा निर्मित डासट रफायल तीन वटा र सोभियत संघमा निर्मित मिकोयान मिग २९ र सोभियत संघमै निर्मित सुखाइ सु ३० लडाकु विमान खसालेको दाबी गरेको छ । यसबारे भारतीय पक्षले कुनै टिप्पणी गरिसकेको छैन ।

यद्यपि फ्रान्सेली गुप्तचर सेवाको उच्च स्रोतले अमेरिकी टेलिभिजन सीएनएनलाई पाकिस्तानले कम्तीमा एउटा रफायल लडाकु विमान खसालेको जानकारी दिएको छ । त्यसबाहेक पाकिस्तानले अरु पनि रफायल खसालेको हुनसक्ने विषयमा जानकारी लिने प्रयास भइरहेको उक्त स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

रफायल लडाकु विमान निर्माण गर्ने फ्रान्सेली कम्पनी डासट एभिएसन र फ्रान्सेली सेनाले पाकिस्तानी दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन ।

पाकिस्तानी दाबीको स्वतन्त्र पुष्टि भएमा कुनै पनि युद्धका क्रममा दुश्मनले रफायल लडाकु विमान खसालेको यो पहिलो घटना हुनेछ । १० टन क्षमता रहेको रफायल लडाकु विमानलाई ‘मल्टी रोल’ फाइटर मानिन्छ ।

यसमा हवाइ युद्ध र आकाशबाट जमिनमा मार हान्न मिल्ने ३० मिलिमिटरको तोप जडान गरिएको हुन्छ । त्यसबाहेक यसमा आकाशबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र, लेजर गाइडेड बम र क्रुज क्षेप्यास्त्र पनि जडान गरिएको हुन्छ ।

यसअघि भारतले फ्रान्ससँग ३६ वटा रफायल खरिद गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १ : २५ बजे

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु