भारत-पाकिस्तान द्वन्द्वबारे सांसदले मागे सरकारको धारणा « Khabarhub

भारत-पाकिस्तान द्वन्द्वबारे सांसदले मागे सरकारको धारणा


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) सांसद लेखनाथ दाहालले भारत र पाकिस्तानको द्वन्द्वबारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले दुई छिमेकीबीचको द्वन्द्वबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

‘पछिल्लो समय भारत र पाकिस्ताबीच उत्पन्न विवादबारे नेपाल सरकारको आधिकारिक धारणा के हो ? माग गर्दछु,’ उनले सभामुखको ध्यानाकर्षण गराउँदै भने ।

गत अप्रिल २२ तारिखमा कश्मीरको पहलगाममा २७ जना पर्यटकको ज्यान जानेगरी भएको घटनाको बदलामा भारतले मंगलबार राति पाकिस्तानका विभिन्न स्थानमा हवाई हमला गरेको थियो । भारत र पाकिस्तानबीच द्वन्द्व बढिरहेको अवस्थामा सरकारको धारणा मागिएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १ : ३१ बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र