भारत-पाकिस्तान द्वन्द्वबारे सांसदले मागे सरकारको धारणा « Khabarhub

भारत-पाकिस्तान द्वन्द्वबारे सांसदले मागे सरकारको धारणा


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) सांसद लेखनाथ दाहालले भारत र पाकिस्तानको द्वन्द्वबारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले दुई छिमेकीबीचको द्वन्द्वबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

‘पछिल्लो समय भारत र पाकिस्ताबीच उत्पन्न विवादबारे नेपाल सरकारको आधिकारिक धारणा के हो ? माग गर्दछु,’ उनले सभामुखको ध्यानाकर्षण गराउँदै भने ।

गत अप्रिल २२ तारिखमा कश्मीरको पहलगाममा २७ जना पर्यटकको ज्यान जानेगरी भएको घटनाको बदलामा भारतले मंगलबार राति पाकिस्तानका विभिन्न स्थानमा हवाई हमला गरेको थियो । भारत र पाकिस्तानबीच द्वन्द्व बढिरहेको अवस्थामा सरकारको धारणा मागिएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १ : ३१ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।