रेशमबारे गृहमन्त्रीको जवाफ- अदालतको पत्रअनुसार पक्राउ गरिएको हो, पूर्वाग्रह राखिएको छैन « Khabarhub

रेशमबारे गृहमन्त्रीको जवाफ- अदालतको पत्रअनुसार पक्राउ गरिएको हो, पूर्वाग्रह राखिएको छैन


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी पक्राउ प्रकरणमा सरकारले पूर्वाग्रह नराखेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यसअघि अदालतबाट भएको पत्राचारको कार्यान्वयन गरेझैँ उक्त दिन पनि पत्र पाप्त भएपछि चौधरीलाई पक्राउ गरिएको उनले बताए ।

‘यसअघि सम्मानित अदालतबाट हुनेगरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैँ यस घटनामा पनि सही नियतले कानुन कार्यान्वयन गर्ने मनशायबाहेक कुनै पूर्वाग्रह नरहेको अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको निवेदन गर्न चाहन्छु ।’

यस घटनाले रेशम चौधरी उनका परिवारजन र साथीहरुलाई भएको पीडाप्रति उनले सदनसमक्ष दुःख व्यक्त गरेका छन् ।

रेशम चौधरीलाई थुनामा पठाउने भनेर अनाधिकृत रुपमा पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरी कानुनी कारबाही थालिएको पनि गृहमन्त्री लेखकले बताएका छन् ।

यसअघिको बैठकमा रेशमलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि गृहमन्त्रीले उक्त घटनाका विषयमा जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले दिएका थिए ।

दुई पार्टीका सांसदहरूको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो ।

गत वैशाख १७ गते नाउपा र जनमतको एकता कार्यक्रममा सहभागी हुन काठमाडौंस्थित प्रज्ञा भवन पुगेका चौधरी पक्राउ परेका थिए ।

त्यस्तै गृहमन्त्री लेखकले तीनकुने क्षेत्रमा पुर्वराजाका समर्थकले गरेको प्रर्दशनका क्रममा विध्वंशात्मक घटनालाई सरकारले अत्यन्तै गम्भीरता पूर्वक लिएको बताए ।

उक्त घटनाका सम्बन्धमा अधिकार प्राप्त निकायबाट अनुसन्धान भैरहेको बताउँदै गृहमन्त्री लेखकले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर विना कुनै पूर्वाग्रह आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको सदनमा जानकारी दिए ।

घटनाक्रमलाई विश्लेषण गर्दा यो नियोजित रुपमा आतंक र अराजकता फैलाउने आपराधिक तथा विध्वंशात्मक कार्य हो भन्ने कुरामा विवाद हुनै नसक्ने उनको भनाई छ । उनले संविधान विपरीतको कुनै पनि गतिविधि सैह्य नहुने स्पष्ट पारे ।

गृहमन्त्री लेखकले पश्चिम नेपाल भूकम्पबाट भएको जनधनको क्षतिको राहत, पुर्नस्थापनाको कार्यहरूले पछिल्लो दिनमा प्राथमिकता दिएर तिव्रता दिइएको जानकारी दिए। प्रभावित जिल्लाहरूमा विस्तृत क्षति आँकलनको कार्य अगाडि बढेको बताउँदै उनले हालसम्म  जम्मा ३७ हजार ९ सय ३८ घरको विस्तृत क्षति आँकलन सम्पन्न भएको जानकारी दिए । 

वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको उनको सदनमा जानकारी गराए । 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : २३ बजे

प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने