नीति तथा कार्यक्रम राष्ट्रको समस्या समाधान गर्नेतर्फ देखिएन : अर्जुननरसिंह केसी « Khabarhub

नीति तथा कार्यक्रम राष्ट्रको समस्या समाधान गर्नेतर्फ देखिएन : अर्जुननरसिंह केसी


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममा जनताको असन्तुष्टीलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार आउन नसकेको बताएका छन् ।  

बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा केसीले ठूला दल मिलेर बनेको सरकारले सामाजिक गतिशीलता बुझ्न नसकेको र जनताको असन्तुष्टीलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार ल्याउन नसकेको बताएका हुन् ।

उनले आम जनतामा निराशा, असन्तुष्टि र अराजकतापूर्ण नकारात्मक स्थिति निर्माण भइरहेको अवस्थामा सरकारको कार्यक्रम राष्ट्रको समस्या समाधान गर्ने तर्फ नदेखिएको जिकिर गरे ।

त्यस्तै सांसद केसीले सीमान्तकृत र निरपेक्ष गरिबी रेखामुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममा केन्द्रित हुनुपर्ने धारणा राखे ।

मुलुक ऋणको भारी र भ्रष्टाचारको महामारीले सिकिस्त बिरामी रहेको भन्दै केसीले भ्रष्टाचार, कुशासन, विधि विहीनता र दण्डहीनतालाई निर्ममतापूर्वक नियन्त्रण गर्ने कुराको प्रतिवद्धता र इच्छाशक्ति सरकारको कार्यक्रममा कम देखिएको उल्लेख गरे ।  

उनले सरकार दण्डविहीनता र भ्रष्टाचार कुशासनको संरक्षकको रुपमा रहेको भाष्य नेपाली जनतामा रहेकोमा त्यसलाई निराकरण गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताए  । 

केसीले दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाइ पनि गर्न नसक्नुलाई कति सक्षम वा असक्षम भन्ने कुरा सरकारले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता रहेको तर्क गरे । 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १ : ३७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका