प्रधानमन्त्रीले भने- गोलघरको चिसो भुइँमा यातना दिँदा मेरो मिर्गौला फेल भयो « Khabarhub

प्रधानमन्त्रीले भने- गोलघरको चिसो भुइँमा यातना दिँदा मेरो मिर्गौला फेल भयो


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालय र विभिन्न संस्थाद्वारा बिहीबार काठमाडौंमा आयोजित नेपाल कुष्ठरोग सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको संख्यामा कुष्ठरोगी रहनु सुधारको संकेत भए पनि रोग पूर्ण उन्मुलन नभएसम्म आफूहरू सन्तुुष्ट नहुने बताउए ।

उनले कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहाले नियमित उपचारलाई जागरणकै रुपमै सञ्चालन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिइएको पनि स्मरण गरेका छन् । उनले त्यहीकारण आफ्नो मिर्गाैला फेल भएको सन्दर्भ पनि कार्यक्रममा वर्णन गरे ।

ओलीले पछिल्लो पटक २०७६ सालमा मिर्गौला प्रत्यारोपण गरेका थिए । मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो उनले पटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।

२०६४ मा गरिएको मिर्गौलाले काम गर्न छाडेपछि २०७६ मा फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले प्रधानमन्त्रीको शरीरमा चारवटा मिर्गौला छन् ।

प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।

त्यस्तै उनले कुनै पनि रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १ : ४२ बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र