नवराज सुवेदीको नेतृत्वमा राजावादी एकैठाउँ, जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने | Khabarhub Khabarhub

नवराज सुवेदीको नेतृत्वमा राजावादी एकैठाउँ, जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने

चैत १५ मा धक्का खाएपछि संगठित भए


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूले आगामी जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिनदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने घोषणा गरेका छन् ।

बिहीबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहित जुटेका विभिन्न राजावादी दल र समूहले यस्तो घोषणा गरेका हुन् ।

उनीहरूले अब राजा र हिन्दु राज्य फर्काउन सुवेदीकै नेतृत्वमा आन्दोलन गर्ने सहमति पनि जुटाएका छन् ।

राजावादीहरूले गणतन्त्रवादी दलहरूसँग अझै पनि सहमति र समझदारीको आधारमा वर्तमान संविधानकै परिधिभित्रबाट आफ्ना मागहरू सम्बोधन गर्ने विकल्प रहेको बताएका छन् ।

‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उदेश्यहरू प्राप्तिको निम्ति सशक्त जनदबाब सिर्जना गर्न २०८२ जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ’, सुवेदीले भनेका छन्. ‘यो आन्दोलनको संयोजन र परिचालन वरिष्ठ राजनीतिज्ञ नवराज सुवेदीको संयोजकत्वमा गठित ‘संयुक्त जनआन्दोलन समिति’मार्फत् हुनेछ । हामी सबै दल र समूहहरू संयुक्त जनआन्दोलन समितिमा आवद्ध रही आन्दोलन सफल तुल्याउने संकल्प गर्दछौँ ।’

उनीहरूले ‘राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना तथा सुशासनको लक्ष्य प्राप्तिको लागि जनआन्दोलन गर्ने घोषणा, समझदारी तथा प्रतिवद्धता पत्र’ पनि सार्वजनिक गरेका छन् ।

राजावादीहरूले २०६३ जेठ ४ गते पुनःर्स्थापित प्रतिनिधि सभाले असंवैधानिक ढंगबाट हिन्दुराष्ट्रको पहिचान समाप्त गर्ने तथा राजसंस्थालाई पाखा लगाउने घोषणा गरेसँगै सुरू भएको राजनीतिक यात्राको परिणामस्वरूप देश अहिले गम्भीर संकटमा रहेको पनि निष्कर्ष निकालेका छन् । २०७२ असोज ३ गते जारी संविधानले स्थापना गरेको संघीय धर्मनिरपेक्ष गणतन्त्र पूर्णतः असफल प्रमाणित भएको पनि उनीहरूको निष्कर्ष छ ।

‘जनताको प्रत्यक्ष अभिमतबिना नै बाह्य शक्तिहरूको प्रभाव र उग्रवामपंथी माओवादीको दबाबमा लादिएको संघीय धर्मनिरपेक्ष गणतन्त्रले नेपालमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संकट, विवाद र द्वन्दको अवस्था सिर्जना गरेको छ’, सुवेदीले भनेका छन् ।

उनले लामो समयदेखि अधुरो रहेको नेपाली जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा र सपनालाई तुषारापात गरेको जिकिर गरेका छन् । ‘नेपाल गम्भीर आर्थिक संकटको संघारमा आइपुगेको छ । ‘रेमिट्यान्स’ र त्यसको कारण देखिने केही प्रभाव वाहेक आर्थिक क्षेत्रका प्रायः सबै सुचकांक नकारात्मक रहेका छन्’, चैत १५ पछि करिब एक महिना घरमै नजरबन्द रहेका सुवेदीले भनेका छन्, ‘प्रत्येक घर परिवार र व्यवसाय आर्थिक मन्दी र संकटको चपेटामा परेका छन् ।’

देशभित्र रोजगारीको अवसर सिर्जना हुन नसकेको कारण जीविकाको निम्ति लाखौं युवाहरू विदेशिन बाध्य भएका उनको तर्क छ । ‘बेरोजगारी समस्या विकारल भएको छ । राजनीतिक दल, सरकार र राज्यप्रतिको भरोसा टुटेको कारण आफ्नो मातृभूमिको नागरिकता र राहदानीसमेत सदाको निम्ति त्यागेर विदेश पलायन हुनेहरूको संख्या पनि कहाली लाग्दो छ’, वक्तव्यमा भनिएको छ ।

उनीहरूले असफल प्रमाणित भइसकेको संघीय धर्मनिरपेक्ष गणतन्त्रको विकल्पमा जनआन्दोलनको बल र जगमा अझ उन्नत र पूर्ण प्रजातान्त्रिक प्रणाली स्थापना गर्ने पनि तर्क गरेका छन् ।

राजा र हिन्दु राज्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कंग्रेस (बिपी), शिव सेना नेपाल, नेपाल प्राज्ञिक मञ्च लगायतका राष्ट्रवादी दल र समूह अब सुवेदीको नेतृत्वमा संगठित भएका छन् । उनीहरूले त्यसका लागि एक समझदारी पनि गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  २ : ३७ बजे

वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले वातावरण संरक्षण गर्ने

देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै आएका कर्णसिंह रावलको निधन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा लगातार प्रतिष्पर्धा गर्दै

अल्भारेजको गोलमा चिलीविरूद्ध अर्जेन्टिना विजयी

काठमाडौं– एट्लेटिको म्याड्रिडका स्ट्राइकर जुलियन आल्भारेज लयमा रहँदा अर्जेन्टिनाले चिलीलाई

कार्लो एन्सेलोटीको डेब्युमा इक्वेडरसँग बराबरीमै चित्त बुझायो ब्राजिलले

काठमाडौं- दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत बिहीबार इक्वेडरविरुद्धको खेलमा ब्राजिल गोलरहित

दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार

ओखलढुङ्गा– ओखलढुङ्गाबाट चालु आर्थिक वर्षको १० महिनामा २१ गर्भवती तथा