पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी « Khabarhub

पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी


२५ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने तयारी थालेको छ । जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको जवाफस्वरुप बुधबार भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरका ९ स्थानमा हवाइ आक्रमण गरेको थियो ।

भारतले अब थप १२ स्थानमा आक्रमण गर्ने तयारी थालेको भारतीय टेलिभिजन आज तकले जनाएको छ । पाकिस्तानमा सञ्चालित आतंककारी शिविरलाई लक्षित गरी भारतले १२ स्थान पहिचान गरेको जनाइएको छ ।

पाकिस्तान अधिनस्थ कश्मीरसहित पाकिस्तानका अन्य भूभागमा समेत आक्रमणका लागि भारतले पूरा तयारी गरेको छ ।

भारतीय जासुसी निकाय रिसर्च एण्ड एनालाइसिस विङ रअले आक्रमणको निशाना पहिचान गरेको आज तकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ३ : १८ बजे

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु