माओवादीकै पदाधिकारी विभाजित : देव गुरूङले भारतको विरोध गर्दा, समर्थनमा उभिए जनार्दन | Khabarhub Khabarhub

माओवादीकै पदाधिकारी विभाजित : देव गुरूङले भारतको विरोध गर्दा, समर्थनमा उभिए जनार्दन


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका दुई छिमेकी मुलुकबीचको कलहका बाछिटा यहाँका राजनीतिक दलहरूमा पनि देखिन थालेको छ ।

जनस्तरमै भारत र पाकिस्तानको पक्षमा मत अभिव्यक्त गर्ने क्रम बढिरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रमा दुई छिमेकीको विवादमा मत बाझेको हो ।

माओवादीभित्रै दुईजना पदाधिकारी एकजना भारतको पक्षमा उभिँदा अर्काले पाकिस्तानमाथि मंगलबार राति भएको हवाई आक्रमणको विरोध गरेका छ्न ।

भारतले पाकिस्तानका कम्तीमा ९ स्थानमा गरेको हवाई आक्रमणलाई लिएर माओवादीका पदाधिकारीबीच जनस्तरमै देखिने गरी मत बाझिएको हो ।

माओवादी महासचिव देवप्रसाद गुरुङले अहिले भारतले पाकिस्तानमाथि गरिरहेको आक्रम न्यायोचित मान्न नसकिने टिप्पणी गर्दा उपमहासचिव जनार्दनले गत अप्रिल २२ तारखिमा कश्मीरको पहलगाममा पाकिस्तानबाटै हमला गराइएको संकेत गरेका छन् ।

महासचिव गुरुङले जम्मु कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमण पाकिस्तानले गराएको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको अवस्थामा भारतको हवाई आक्रमण अविलम्ब रोकिनुपर्ने बताएका छन् ।

‘हिजो भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा फाइटरमार्फत् क्षेप्यास्त्र आक्रमण गरेको छ । यो अत्यन्तै दु:खद हो । भारतले आक्रमणको कारण केही दिनअगाडि कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताइएको छ’, उनले भनेका छन्, ‘निश्चय पनि जनसंहारकारी आतंककारी गतिविधिको विरोध गर्नैपर्छ। तर पहलगामको आक्रमण कसले गरेको हो भन्ने स्वतन्त्र पुष्टि भएको देखिँन्दैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने कुरा भएन । अतः त्यस प्रकारको सैन्य कार्यबाही अविलम्व बन्द गरी संवाद गरिनुपर्छ ।’

अर्कातिर माओवादी उपमहासचिव शर्माले भने आतंकवादविरुद्ध भारतले गरेको अप्रेशनमा सबैले साथ दिनुपर्ने बताएका छन् । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हुन आउने उनको तर्क छ।

उपमहासचिव शर्माले शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै त्यस्ता गतिविधिलाई परास्त पार्न आवश्यक रहेको धारणा राखेका छन् ।

‘भारतले आतंकवादविरुद्ध ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो’, उनले भनेका छन्, ‘आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्नु आवश्यक छ।’

उपमहासचिव शर्माले भारतले पाकिस्तानमा गरेको अपरेशनबारे धारणा राख्दा पाकिस्तानरे मौनता साँधेका छन् ।

महासचिव गुरुङले नेपालीसहित २७ जनाको ज्यान जाने गरी भएको पहलगाम हत्याकाण्डबारे स्वतन्त्र अन्तर्राष्ट्रिय आयोग गठन गरी छानबिन हुनुपर्ने बताएका छन् ।

उनले भारत र पाकिस्तान नेपालका छिमेकी रहेकाले दुवैसँग दौत्य सम्बन्धको पनि स्मरण गराए । यस्तो स्थितिमा संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशीलको सिद्वान्तका आधारमा नेपाल मौन बस्न नमिल्ने उनले बताएका छन् ।

नेपालले युद्व नभएर शान्तिको पक्ष लिनुपर्ने उनले बताए । यसैबीच भारत र पाकिस्तानबीच तनाव चुलिएपछि बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले सीमाक्षेत्रमा सुरक्षा कडा बनाउने निर्णय गरेको थियो ।

तर सार्कको अध्यक्षसमेत रहेको नेपालले अहिलेसम्म भारत र पाकिस्तान तनावबाट औपचारिक रुपमा केही बोलेको छैन । सरकारको मौनताबारेमा बिहीबार बसेको संसद् बैठकमा पनि सांसदहरूले कुरा उठाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ३ : २८ बजे

बाल पोषणभत्ता बढाउन सरोकारवालाको माग 

काठमाडौं– बाल पोषणभत्ता बढाउन सरोकारवालाहरूले माग गरेका छन् । अहिले

नेपाल प्रकोप-विपदका दृष्टिले उच्च जोखिममा छ : मन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप

थाती रहेका ऐन, कानुन बनाउने बेला यही हो : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान कार्यान्वयनका लागि प्रबन्ध

फेवातालमा डुंगा पल्टिँदा फसेका सात जनाको सकुशल उद्धार 

पोखरा -फेवातालमा आएको एक्कासि हावाहुरीका कारण स्ट्याण्डिङ डबल प्याडल बोट

कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्ष तीन दिन हिरासतमा रहने 

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई