आशा गरेअनुसार नीति, कार्यक्रम आएन : सांसद परियार « Khabarhub

आशा गरेअनुसार नीति, कार्यक्रम आएन : सांसद परियार


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद जीवन परियारले आशा गरेअनुसार भन्दा नीति तथा कार्यक्रम कमजोरी भएर आएको बताएका छन् ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले आशा गरेअनुसार नीति तथा कार्यक्रम आउन नसकेको भन्दै कार्यान्वयन चुनौतीपूर्ण रहेको धारणा राखे ।  

‘सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रममा केही कुरा दोहोरिएका छन् । केही कुरा नयाँ पनि आएका छन् । त्यसैले मिश्रित प्रकृतिको छ’, उनले भने, ‘पुँजीगत बजेट खर्च हुन सकिरहेको छैन । आयोजना तथा परियोजना समयमा सम्पन्न हुन सकिरहेको छैन । नीति तथा कार्यक्रममा आएका सकारात्मक विषय बजेटमा आउनुपर्छ ।’ 

सांसद परियारले सरकारको कमजोरी र निजी क्षेत्रको क्षमताका कारण बजेट कार्यान्वयनमा चुनौती थपिएको बताए। 

‘सबै दलहरूको आर्थिक परराष्ट्र नीति र सामाजिक रूपान्तरणको नीतिमा साझा धारणा बनाउन सकेमा मुलुकको समृद्धि सम्भव छ’, उनले भने। 

सांसद कालुराम राईले नीति तथा कार्यक्रम परिष्कृत रूपमा आएको भन्दै सकारात्मक टिप्पणी गरे।

‘नेपालको जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । दश प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना निर्माणसम्बन्धी नीति प्रभावकारी कार्यन्वयन गर्नुपर्छ । नीति तथा कार्यक्रमको बुँदा नं ८३ मा अपाङ्गता भएका व्यक्तिका लागि नीति तर्जुमा गरेको छ’, उनले भने, ‘पुनःस्थापना गर्ने नीति कार्यन्वयन भएमा विभेद हटेर जानेछ ।’

सांसद सञ्जयकुमार गौतमले परिमार्जित रूपमा नयाँ र उद्देश्यमूलक विषय नीति तथा कार्यक्रममा समावेश भएको बताए। 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ४ : २९ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु