इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी | Khabarhub Khabarhub

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायली रक्षामन्त्री काट्जले इरानलाई पनि हमासको अवस्थामा पुर्‍याउने चेतावनी दिए। 
 
“म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु, अब छद्म प्रणाली समाप्त भएको र दुष्टताको धुरी ध्वस्त भएको छ इजरायलले हतियार बनाउने, शोषण गर्ने र हुथी आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गर्ने जो कोहीविरूद्ध कारबाहीमा उत्रनेछ,” काट्जले एक विज्ञप्तिमा भने। 

उनले भने, ‘तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ । बेरुतको हिजबुल्लाह, गाजाको हमास, दमास्कसमा अहिले अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदलाई हामीले जे गरेका छौँ, तेहरानमा पनि त्यस्तै हुनेछ ।’

हिजबुल्लाह र हमाससँगै यमनका हुथी विद्रोहीहरू इजरायल र उसको सहयोगी संयुक्त राज्य अमेरिकाविरुद्ध इरानको ‘प्रतिरोधको धुरी’ को हिस्सा हुन्।
हिजबुल्लाहले सन् २०२३ को अक्टोबरमा आफ्नो सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेको थियो ।

नोभेम्बरमा भएको युद्धविरामसँगै समाप्त भएको शत्रुताको एक वर्षमा इजरायली सेनाले हिजबुल्लाहलाई छियाछिया बनाइदिएको छभने हमासको नेतृत्व अक्टोबर ७ मा भएको आक्रमणबाट सुरु भएको युद्धमा ध्वस्त भएको छ ।

हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा आइतबार तेल अभिभ नजिकै इजरायलको मुख्य विमानस्थलमा आक्रमण गरेका थिए ।

इरानले हुथी विद्रोहीको आक्रमणमा सहयोग गरेको अस्वीकार गर्दै आएको छ ।

इजरायलले विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाको विमानस्थल र राजधानी र वरपरका विद्युत गृहमा आक्रमण गरेर हुथी विद्रोहीविरुद्ध आक्रमण गरेको थियो ।

अमेरिका र हुथी विद्रोहीबीच युद्धविराम सम्झौता गराउन पहल लिएको मध्यस्थ ओमानले मङ्गलबार सम्झौताको घोषणा गर्दै सम्झौताले रेड सीमा ‘आवागमनको स्वतन्त्रता’ सुनिश्चित गर्ने बताएको छ । यमनी विद्रोही समूह हुथीले गाजामा हमासमाथिको इजरायली आक्रमणविरूद्ध सहयोग गर्न रेड सी क्षेत्रमा पानीजहाजमा आक्रमण गर्दै आएको छ । 

हुथी विद्रोहीले यमनमा हप्तौँदेखि जारी अमेरिकी आक्रमणको अन्त्य भएको सम्झौताका बावजुद रेड सीमा इजरायल र इजरायल समर्थक मुलुकका जहाजलाई निशाना बनाउने प्रतिबद्धता जनाएको छ । 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ४ : ३८ बजे

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

काठमाडौं – गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ

भारतका विभिन्न स्थानमा पाकिस्तानको आक्रमण, अधिकांश सीमावर्ती क्षेत्रमा ‘ब्ल्याक आउट’

नयाँदिल्ली – पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार राति ड्रोन र

राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलन र राजस्व चुहावटमा मुद्दा दायर

लुम्बिनी – राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व

पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण

काठमाडौं – पाकिस्तानले भारतको जम्मू र पठानकोटमा ड्रोन आक्रमण गरेको

लेबनानको नबातियामा इजरायली हवाई आक्रमणः एक जनाको मृत्यु, आठ घाइते

बेइरुत – लेबनानको दक्षिणी शहर नबातियामा बिहीबार इजरायली हवाई आक्रमणमा