सातौँ पटक म्याद थप्न रवीन्द्र मिश्रलाई लगियो अदालत « Khabarhub

सातौँ पटक म्याद थप्न रवीन्द्र मिश्रलाई लगियो अदालत


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सातौँ पटक म्याद थपका लागि अदालत लगिएको छ ।

दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्रलाई जिल्ला अदालत काठमाडौं लगिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा रहने भएका छन् ।

यसअघि वैशाख २१ मा काठमाडौं जिल्ला अदालतले छैटौँ पटक म्याद थप गर्दै उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनी गत चैत १५ गते साँझ पक्राउ परेका थिए । राजावादीको प्रदर्शनमा भिडलाई उकासेको आरोपमा उनी पक्राउ परेका थिए ।

उनलाई बिहीबार सातौँ पटक म्याद थपका लागि अदालत लगिएको छ । तीनकुनेमा राजावादी समूहको आन्दोलन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको थियो ।

त्यसबेला प्रदर्शनकारीहरुले व्यक्तिका निजी घर, व्यवसायिक स्थल र सरकारी कार्यालयमा लुटपाट, तोडफोड र आगजनी गरेका थिए ।

उनीसँगै पक्राउ परेका राप्रपा महामन्त्री धवल शमशेर जबरा भने क्यान्सरको बिरामी भएकाले छुटिसकेका छन् । चैत २८ गते भारतबाट समातिएका दुर्गा प्रसाईं पनि प्रहरीको हिरासतमै छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ११ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा