कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ « Khabarhub

कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– कोलम्बिया विश्वविद्यालयमा बुधबार प्यालेस्टिनी समर्थकद्वारा विरोध प्रदर्शन गरी पुस्तकालय कब्जा गरेपछि लगभग ७५ जनालाई पक्राउ गरिएको न्युयोर्क प्रहरीले जनाएको छ । 

प्रदर्शनकारीहरू र विश्वविद्यालयका सुरक्षा अधिकारीबीच झडप हुँदा दुई सुरक्षा अधिकारीहरू घाइते भएका थिए । सावधानी अपनाउनको लागि ‘फायर अलार्म’ बजाइएको थियो ।

न्यूयोर्क प्रहरीले साँझ ६ बजेतिर कोलम्बिया विश्वविद्यालयमा प्रवेश गरी पक्राउ गरेको जनाएको छ । सन २०२४ अप्रिलमा भएको प्रदर्शनपछि कोलम्बिया विश्वविद्यालयमा भएको सबैभन्दा महत्त्वपूर्ण विरोध प्रदर्शन हो ।

यस हप्ताको सुरुमा कोलम्बिया विश्वविद्यालयका कर्मचारीहरूले अमेरिकी सुरक्षा विभागले तीन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई थुनामा राखेको विरोधमा निगरानी गर्दै बन्दीहरूलाई रिहा नगरेसम्म निगरानी जारी राख्ने प्रतिवद्धता गरेका थिए ।  शैक्षिक गतिविधिहरूमा अवरोध नसहने उल्लेख गर्दै विश्वविद्यालयका कार्यवाहक अध्यक्ष क्लेयर शिपम्यानले एक विज्ञप्ति जारी गरेका छन् ।  

न्यूयोर्क शहरका अधिकारीहरूले तथा न्यूयोर्क शहरका मेयर एरिक एडम्सले प्रदर्शन प्रति आपत्ति जनाउदै प्रदर्शनकारीलाई कानुनी दायरामा ल्याइने बताएका थिए ।

सामाजिक सञ्जाल मार्फत एडम्सले कुनै पनि हिंसा सहन नसकिने बताउँदै प्रदर्शनकारीहरूलाई तुरुन्तै क्याम्पसबाट बाहिर निस्कन आह्वान गरेका छन् । उनले निर्देशन उपर अटेर गरिएमा उनीहरूलाई पक्राउ गरिने जनाएका छन् ।  

समय समयमा विरोध प्रदर्शन भई रहने यो विश्वविद्यालयमा अप्रिल २०२४ मा विश्वविद्यालयमा भएको ठूलो विरोधका कारण १०० भन्दा बढी विद्यार्थी पक्राउ परेका थिए ।

मार्चमा ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदी विरोधी गतिविधि रोक्न असफल भएको उल्लेख गर्दै कोलम्बिया विश्वविद्यालयबाट ४० लाख अमेरिकी डलरको संघीय कोष पनि फिर्ता लिएको थियो ।
 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : १७ बजे

प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने