प्राप्त उपलब्धि जोगाउन सबै संवेदनशील हुनुपर्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

प्राप्त उपलब्धि जोगाउन सबै संवेदनशील हुनुपर्छ : उपप्रधानमन्त्री सिंह


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारको रक्षा गर्न सबैले संवेदनशिल भएर सोच्न आग्रह गरेका छन्। 

 नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले काठमाडौंका पूर्वसभापति तीर्थराम डंगोलको स्मृतिमा बिहिबार आयोजिना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उनले ०४६ सालको आन्दोलनपछि प्राप्त अधिकारको रक्षाका लागि सचेत हुन पनि आग्रह गरे। डंगोल प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध नेता रहेको भन्दै प्राप्त उपलब्धीको रक्षा गर्दा नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने सिहको भनाई छ । 

‘ ०१७ सालमा गुमेको अधिकार सर्वोच्च कमान्डर गणेशमान सिंहज्यूको नेतृत्वमा ०४६ सालमा पुनस्थापित भयो । ती अधिकारहरू कसले सुरक्षित राख्ने रु तपाईं हाम्रै काँधमा जिम्मेवारी आइपुगेको विषयमा सबैजना संवेदनशिल हुनुपर्ने बेला आएको छ,’ उनले भने ।

०४२ सालको सत्याग्रहको बेलामा प्रजातन्त्रको पक्षमा जनमत निर्माण गर्न, काठमाडौंमा संगठन निर्माण गर्न र जेलमा समेत डँगोलसँग सँगै रहेको स्मरण गर्दै कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले डंगोलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदान महत्वपूर्ण भएको बताए । 

पञ्चायती व्यवस्थामा उपमेयर भएको बेलामा पार्टीको निर्देशनअनुसार तत्कालीन व्यवस्थाको निर्देशन नमानेर प्रजातान्त्रिक मूल्य मान्यता बलियो बनाउन डंगोलले लिएको अडानले प्रजातन्त्रप्रति उनको प्रतिवद्धता धेरै थियो भन्ने प्रष्ट हुने पनि सिंहले बताए। उनले वर्तमानमा मुल्यांकन नभएपनि भविष्यले सबै लेखाजोखा गर्ने भन्दै राजनीति चमकधमकले नहुने भन्दै जमिनमा बसेर काम गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : २१ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको