१८ लाख ७४ हजार परिवार स्वास्थ्य बीमामा क्रियाशील  « Khabarhub

१८ लाख ७४ हजार परिवार स्वास्थ्य बीमामा क्रियाशील 


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रम लागू भएदेखि आ.व. २०८०-८१ को अन्त्यसम्ममा कार्यक्रममा कुल २६,०८,१३९ घरपरिवार आबद्ध भएका छन् । 

स्वास्थ्य बीमा बोर्डले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार बीमा कार्यक्रममा ८२ लाख ९२ हजार १ सय ४१ नागरिक आबद्ध छन् । जसमध्ये आर्थिक वर्ष २०८०-८१ मा जम्मा १८ लाख ७४ हजार २ सय २८ घरपरिवार र ५० लाख १२ हजार २ सय १३ जना जना क्रियाशील रहेका प्रतिवेदनमा उल्लेख गरिएको छ । 

क्रियाशील जनसङ्ख्यामध्ये सामान्य र लक्षित जनसङ्ख्या क्रमशः ७३.४ प्रतिशत र २६.६ प्रतिशत रहेको छ । क्रियाशील बीमितमध्ये लैङ्गिकताको आधारमा सबैभन्दा बढी महिला ५१.३४ प्रतिशत र उमेरका आधारमा सबैभन्दा बढी ७५-७९ वर्ष उमेर समुहको जनसङ्ख्या रहेको छ । 

पाल्पा, चितवन, भक्तपुर, झापा र स्याङ्जा जिल्लामा क्रियाशील जनसङ्ख्या ४० प्रतिशत भन्दा माथि रहेको छ भने बाजुरा, धनुषा, डोल्पा, मनाङ, सर्लाही र हुम्ला जिल्लामा ५ प्रतिशत भन्दा कम जनसङ्ख्या क्रियाशील रहेका प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ४० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने