भारत पाकिस्तानबीच जारी तनावले पीएसएल प्रभावित, कराँची र पेशावरबीचको खेल स्थगित « Khabarhub

भारत पाकिस्तानबीच जारी तनावले पीएसएल प्रभावित, कराँची र पेशावरबीचको खेल स्थगित


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र पाकिस्तानबीच आक्रमण र प्रत्याक्रमण जारी रहेका बेला पाकिस्तान सुपर लिग पीएसएलको खेल प्रभावित भएको छ ।

बिहीबार आयोजना हुने तय भएको कराँची किङ्ग्स र पेशावर जालमीबीचको खेल भारतीय आक्रमणका कारण स्थगित भएको हो ।

पाकिस्तान क्रिकेट बोर्डका अधिकारी, टिमका मालिक र खेलाडीको बैठकले खेल स्थगित गर्ने निर्णय गरेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारको अनलाइन संस्करणले जनाएको छ । सुरक्षा अवस्था र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै खेल स्थगित गरिएको ट्रिब्युनले उल्लेख गरेको छ ।

खेलाडीको सुरक्षा र बन्दोबस्तीको जटिलतालाई ध्यानमा राख्दै पीएसएलका आगामी १० खेल कराँचीमा सार्ने तयारी भइरहेको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

रावलपिण्डी क्रिकेट रंगशालामा भारतीय ड्रोन दुर्घटना भएपछि पीएसएलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ६ : ०९ बजे

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका