थाती रहेका ऐन, कानुन बनाउने बेला यही हो : एनपी साउद « Khabarhub

थाती रहेका ऐन, कानुन बनाउने बेला यही हो : एनपी साउद


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान कार्यान्वयनका लागि प्रबन्ध गरिए पनि थाती रहेका ऐन, कानुन बनाउनुपर्ने उचित समय अहिले नै भएको बताएका छन् । 

कांग्रेस म्याग्दीले बिहीबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले दुईतिहाइको सरकार भएकाले देशको हितका लागि काम गर्ने उचित वातावरण रहेको बताएका हुन् । 

‘संविधान कार्यान्वयनका लागि प्रबन्ध गरिएका तर, दरिलो बहुमत नभएका कारण थाती रहेका जति पनि ऐन, कानुन छन् । ती ऐन, कानुन बनाउनुपर्ने बेला यही हो,’ केन्द्रीय सदस्य साउदले भने, ‘हामीसँग बहुमत छ । देशको हितका लागि काम गर्ने वातावरण छ । यो हाम्रो बनाएको विधेयक असफल होला भन्ने जोखिम छैन । दुईतिहाइको बहुमत छ ।’

उनले दुईतिहाइको सरकारले विधेयकमार्फत् कानुन बनाउनुपर्ने बेला अध्यादेशको साहारा लिएका कारण पार्टीकै नेताहरू विरोधमा उत्रिनु परेको पनि स्पष्ट पारे ।

 ‘संसद्बाट विधेयक लैजानु पर्ने ठाउँमा अध्यादेश आएपछि हामीजस्ता सांसदहरूले औंला ठड्याउनुपर्ने बाध्यता आयो,’ नेता साउदले भने, ‘किन आयो भन्दा दुईतिहाइ बहुमत छ । प्रजातान्त्रिक मूल्य–मान्यताको कुरो छ । हामी दुईतिहाइ बहुमतको सरकारमा छौँ र सरकारमा रहेकाहरू बोलेनन् भने प्रतिपक्षसँग त त्यो तागत नै छैन ।’ 

प्रतिपक्षीसँग शक्ति नरहेको र शक्ति नभएको प्रतिपक्षले प्रजातन्त्रको सुरक्षा गर्न नसक्ने उनको भनाइ थियो । 

‘प्रतिपक्षसँग शक्ति छैन । शक्ति नभएको प्रतिपक्षले प्रजातन्त्रको सुरक्षा गर्न सक्दैन,’ साउदले भने । नेता साउदले १४ औँ महाधिवेशनको म्यान्डेडअनुसार पार्टीको विभिन्न जिम्मेवारीमा पुगेका नेताहरूको ध्यान पार्टीलाई मजबुत बनाउनेतर्फ कन्द्रित हुन नसकेको पनि बताए । 

‘१४ औँ महाधिवेशनले परिपक्व नेतृत्वलाई स्थान दिनुपर्छ, युवालाई पनि स्थान दिनुपर्छ भन्ने उद्देश्यले सबैलाई मिलाएर पार्टी चलाउनुपर्ने जिम्मेवारी दिएको छ,’ साउदले भने, ‘तर, त्यो जिम्मेवारी लिइसकेपछि पनि सबैले पार्टीलाई बलियो बनाउन जुन किसिमले सहकार्य गरेर प्रभावकारी बनाउनुपर्ने हो, त्यतातिर हाम्रो ध्यानकेन्द्रित हुन सकेको छैन ।’

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ६ : ४१ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका