जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’, ठूलो विस्फोटकाे आशंका « Khabarhub

जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’, ठूलो विस्फोटकाे आशंका


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’भएको छ । जम्मुमा राति ८ बजेदेखि ब्ल्याकआउट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसी हिन्दीका अनुसार जम्मु कश्मिरमा साइरनको आवाज ‘विष्फोट’को आवाज आएको छ । भारतका सैनिक प्रवक्ताले श्मिरमा विष्फोटको भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएको सीएनएनले लेखेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

यस्तै भारतले भारत प्रशासित जम्मु कश्मीरको जम्मुस्थिय हवाई अड्डामा पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको दाबी गरेको छ ।

भारतीय टेलिभिजन आज तकका अनुसार भारतले एस ४०० हवाई प्रतिरक्षा प्रणालको माध्यमले उक्त लडाकु विमान खसालेको हो । यसबारे पाकिस्तानी पक्षले कुनै टिप्पणी गरेको छैन । यसअघि बुधबार पाकिस्तानले भारतका ५ लडाकु विमान खसालेको दाबी गरेको थियो ।

यसअघि एक जना नेपाली सुदिप न्यौपानेसहित २६ जनाको ज्यान जानेगरी भारत प्रशासित जम्मु कश्मीरमा भएको आतंककारी आक्रमणको जवाफस्वरुप भारतले पाकिस्तानी भूमिमा ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारबाही गरेको थियो ।

उक्त कारबाहीका क्रममा एक सयभन्दा धेरै आतंककारी मारिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका थिए ।

याे पनि…

पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको भारतको दाबी

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ९ : ५८ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका