लेबनानको नबातियामा इजरायली हवाई आक्रमणः एक जनाको मृत्यु, आठ घाइते « Khabarhub

लेबनानको नबातियामा इजरायली हवाई आक्रमणः एक जनाको मृत्यु, आठ घाइते


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

बेइरुत – लेबनानको दक्षिणी शहर नबातियामा बिहीबार इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । यो जानकारी लेबनानको जनस्वास्थ्य मन्त्रालय अन्तर्गतको आपतकालीन सञ्चालन केन्द्रले दिएको हो ।

राष्ट्रिय समाचार एजेन्सी (एनएनए)का अनुसार, आक्रमणपछि नबातिया र वरपरका क्षेत्रमा त्रासपूर्ण वातावरण फैलिएको छ । आक्रमण कफर टेबनित गाउँ, माथिल्लो नबातिया र कफर रेमेन शहरबीचको उच्चभूमि र वनक्षेत्र लक्षित गरी गरिएको थियो ।

अली अल–ताहेर वन क्षेत्रमा बमबारीपछि लागेको आगो निभाउन नागरिक सुरक्षा टोली सक्रिय भए पनि, जटिल भौगोलिक अवस्था र विस्फोटक पदार्थहरूका कारण राहत कार्य प्रभावित भएको छ ।

इजरायली सेनाले बुफोर्ट रिज क्षेत्रमा रहेको हिजबुल्लाहद्वारा प्रयोग हुँदै आएको एक सैन्य संरचना ध्वस्त पारिएको दाबी गरेको छ । सेनाका अनुसार, उक्त संरचनाबाट हिजबुल्लाहले आक्रमण र सुरक्षा योजना सञ्चालन गर्दै आएको थियो ।

यसैबीच, लेबनानी प्रधानमन्त्री नवाफ सलामले पूर्वी लेबनानको बाअलबेकमा सीमावर्ती सुरक्षाको निरीक्षण गरे । “इजरायलले लेबनानी भूभागबाट फिर्ता हुनु र आक्रामक गतिविधि तुरुन्त रोक्नु पर्छ,”उनले भने ।

यद्यपि सन् २०२४ नोभेम्बर २७ मा हिजबुल्लाह र इजरायलबीच युद्धविराम भएको भए पनि इजरायली सेनाले हिजबुल्लाहका निरन्तर खतराको जवाफस्वरूप दक्षिणी लेबनानमा बेलाबेला आक्रमण गरिरहेको बताउँदै आएको छ ।

यो पछिल्लो आक्रमणले सीमावर्ती क्षेत्रमा शान्ति स्थापना गर्न थप चुनौती सिर्जना गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १० : २२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले