भारतका विभिन्न स्थानमा पाकिस्तानको आक्रमण, अधिकांश सीमावर्ती क्षेत्रमा ‘ब्ल्याक आउट’ « Khabarhub

भारतका विभिन्न स्थानमा पाकिस्तानको आक्रमण, अधिकांश सीमावर्ती क्षेत्रमा ‘ब्ल्याक आउट’


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार राति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न स्थानमा आक्रमण गरेको छ। यी आक्रमणहरू जम्मू-कश्मीर, पञ्जाब र राजस्थानका विभिन्न स्थानहरूमा भएका हुन्।

पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको छ । यता भारतीय पक्षले एस-४०० एयर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरिरहेको छ।

बुधबार जम्मु र पठानकोटमा आत्मघाती ड्रोनमार्फत आक्रमण भएको थियो। पाकिस्तानी ड्रोनहरूले जम्मु विमानस्थल र पठानकोट एयरफोर्स स्टेसनलाई निशाना बनाएका छन् । बिहीबार पनि ती स्थानलाई निशाना बनाउँदै आक्रमण भएको छ । भारतीय एयर डिफेन्स सिस्टमले ती आक्रमण निष्फल पारेको जिकिर त्यहाँका सञ्चारमाध्यमले गरेका छन् ।

अहिले भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान भइरहेको छ। नियन्त्रण रेखा ९एलओसी० नजिकै कुपवाडा र बारामुल्लामा पनि पाकिस्तानको तर्फबाट गोली हानिएको जिकिर भारतीय पक्षले गरिरहेको छ ।

कश्मीरका सतवारी, साम्बा, आरएसपुरा सेक्टर र अरनियामा पाकिस्तानले ८ वटा मिसाइलहरू प्रहार गरेको दाबी भारतीय सेनाले एक्समा लेखेर गरेको छ । तनावबीच भारतका कयौं क्षेत्रमा ब्ल्याक आउट गरिएको छ ।

तनावपछि यी क्षेत्रमा ब्ल्याकआउट

जम्मु-कश्मीर: जम्मु, उधमपुर, किश्तवाड, अखनूर, साम्बा, श्रीनगर र अनन्तनाग

राजस्थान : बाडमेर, बिकानेर र श्रीगंगानगर

पञ्जाब : चण्डीगढ, जालन्धर, अमृतसर, होशियारपुर, गुरदासपुर र पठानकोट

गुजरात: भुज, कच्छ

बुधबार मात्रै पाकिस्तानले १५ भन्दा बढी भारतीय सैन्य ठेगानाहरूमा हमला प्रयास गरेको बताइएको छ। ुअपरेशन सिन्दूर’को भोलिपल्ट अर्थात् बुधबार-बिहीबार राति पाकिस्तानले भारतका १५ भन्दा बढी सैन्य ठेगानाहरूमा आक्रमण प्रयास गरेको थियो।

भारतले बिहीबार बिहान पाकिस्तानको एयर डिफेन्स सिस्टम ध्वस्त बनाएको दाबी गरेको छ । तर पाकिस्तानले यसलाई नकारेको छ। आक्रमणमा इजरायलबाट प्राप्त हार्पी ड्रोन प्रयोग गरिएको दाबी गरिएको छ ।

भारतीय रक्षा मन्त्रालयले बिहीबार जनाएअनुसार पाकिस्तानले उत्तर र पश्चिम भारतका सहरहरूलाई निशाना बनाएको थियो। यस क्रममा अवन्तीपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपूरथला, जालन्धर, लुधियाना, आदमपुर, बठिण्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजमा ड्रोन र मिसाइलहरू दागिएको थियो ।

भारतीय सेनाको हेडक्वार्टर इन्टिग्रेटेड डिफेन्स स्टाफले एक्स (ट्विटर)मा लेखेको छ, ‘पाकिस्तानतर्फबाट जम्मु, पठानकोट र उधमपुरका सैन्य स्टेशनहरूलाई निशाना बनाइएको थियो। पाकिस्तानले मिसाइल र ड्रोन दागे पनि क्षति भएको छैन। भारतको रक्षा प्रणालीले सबै हमलाहरू निष्फल बनाएको छ ।’

याे पनि…

पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको भारतको दाबी

जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’, ठूलो विस्फोटको आशंका

भारत–पाकिस्तान तनाव : भारतको पक्षमा उभियो नेपाल

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ११ : ०९ बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका