गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता « Khabarhub

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ ।

भैसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन् । भेटमा मन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे ।

आतंकवाद विरुद्धको लडाईंमा नेपाल सधैं साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौंँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताए ।

सो भेटका अवसरमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीले नेपाल र भारतबीच सदियौदखि सम्बन्ध रहेको बताए । उनले दुई देशबीचको सम्वन्ध थप मजबुद गर्दै लैजानेमा जोड दिए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ११ : १६ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी