आज २०८२ साल जेठ २५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ २५ गते आइतबारको राशिफल


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०८२ साल जेठ २५ गते आइतबार । जेठ शुक्ल पक्षको द्वादशी तिथि । तदनुसार सन् २०२५ जुन ८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । अनावश्यक यात्रामा खर्च हुनेछ । परिवारसँग सल्लाह गरेर मात्र अगाडि बढ्नुहोला । राजनीतिक क्षेत्रमा तनाव बढ्नेछ । संकटमा परिवारको साथ मिल्ने छ ।

वृष : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुने छ । अरुका कुरा सुन्ने भन्दा पनि विवेक प्रयोग गर्नुपर्ने समय छ । साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने छ । व्यापारमा फाइदा हुने योग छ ।

मिथुन : शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँग संगत गर्नु उचित हुनेछ । धार्मिक क्षेत्रमा मन नजाने देखिन्छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

कर्कट : राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । व्यापारबाट भने फााइदा हुने योग छ ।

सिंह : दिन सामान्य छ । सहकार्य गरेर व्यापारमा अगाडि बढ्नुपर्ने दिन छ । प्रेममा खटपटी हुने भएकाले परिवारमा कर्तव्य मात्र पूरा गर्दा राम्रो हुने छ । शिक्षामा प्रगति हुने योग छ ।

कन्या : धनलक्ष्मी योग परेको छ । आम्दानी बढ्ने छ । स्वास्थ्यमा सुधार हुने योग छ । शिक्षाको क्षेत्रमा मिहिनेत गरेको फल प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : बोलीमा सरस्वतीको बास छ । तपाईंको बोली आज परोपकारमा खर्च गर्नु उचित हुनेछ । परिवारबाट भन्दा साथीको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।

वृश्चिक : दिन सामान्य राम्रो छ । परिवारको साथ मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्ने छन् ।

धनु : दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । नतिजाको पर्खाइमा परीक्षा राम्रो भएको खबर सुन्न पाइने छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन राम्रो छ । विपक्षीसँग सचेत भएर काम गर्नुपर्ने छ । धन र बलको घमण्डले इज्जतमा प्रश्न उठ्नेछ । राजनीतिमा सेवाको अवसर मिल्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ ।

कुम्भ : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । सञ्चित धन खर्च भए पनि धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या हुने खतरा छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मीन : दिन सामान्य छ । सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ । गुरुबाट असहयोग हुने भएकाले सचेत बन्नुपर्ने छ । प्रविधिको क्षेत्रमा लगानी गरेको भए फाइदा हुने छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ५ : ४९ बजे

राजनीतिमा पुस्ता : उमेरको होइन, चरित्रको बहस गरौँ

नेपालको राजनीतिमा अहिले एउटा लोकप्रिय, तर सरलीकृत कथन बारम्बार दोहोरिन्छ–

भ्रष्टाचारको छानबिनमाथि कांग्रेस, नेकपा र रास्वपाको एकमत, एमाले भने मौन

काठमाडौं– मुलुकमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषयमा नेपाली कांग्रेस, नेपाली

मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ?

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक एवम् व्यवसायी मीनबहादुर गुरुङले जेन-जीका नाममा

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन

काठमाडौं– वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति