किसानकाे आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’ | Khabarhub Khabarhub

किसानकाे आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङ नगरपालिका– ५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छ महिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गरिन् । ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा महिलाहरूलाई एक सय चार बाख्राका पाठी वितरण गरेको छ । यसअन्तर्गत सापकोटाले उपहारमा पाठी प्राप्त गरेका हुन् । कालिका किसानले गत वर्ष पाएको बाख्राबाट जन्मेको पहिलो पाठी सापकोटालाई उपहारस्वरुप प्रदान गरेकी हुन् ।

बागलुङ नगरपालिकाको आर्थिक सहयोग, हेफरको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको व्यवस्थापनमा बागलुङ नगरपालिकाभित्रका १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम लागू गरिएको छ ।

आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत मालिकामा गठित तीन अगुवा आमा समूहमार्फत गत वर्ष १९ बाख्राको पाठी प्राप्त गरेका महिलाले अहिले १९ पाठा उपहारमा छिमेकीलाई प्रदान गरेका छन् । कालिका किसानले गत वर्ष लगेको बाख्राबाट जन्मेको पाठी बिउपुँजीका रूपमा सापकोटालाई दिएकी हुन् ।

सुरुको वर्ष खरिद गरेर प्रदान गरेको बाख्राबाट जन्मेको पहिलो पाठी उपहारस्वरूप समूहकै अर्का सदस्यलाई दिनुपर्ने नियमानुसार असारभित्र नगरपालिकाका १० वडामा एक सय चार पाठी उपहारस्वरूप प्रदान गर्न थालिएको छ । उक्त उपहार कार्यक्रमले महिलालाई आयआर्जनमा सघाउने भएकाले आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले उपहारस्वरूप १९ बाख्राका पाठी विपन्न तथा लक्षित महिलालाई वितरण गरेका थिए ।

उनका अनुसार, मालिकाको उच्च भेगका विभिन्न वडामा बाख्रापालनको निकै सम्भावना छ, परम्परागत रूपमा बाख्रापलान नभएको होइन, व्यावसायिक बन्न खोर सुधार तथा बाख्राको स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ । बाख्राको पाठामात्रै दिँदैनौँ, बाख्रापालनको सीप, खोर सुधार र आयआर्जनको रकम बचत गर्न सिकाउँछौँ । नगरपालिकाका १४ मध्ये १० वडामा उक्त कार्यक्रम सञ्चालनमा आएको छ ।

कार्यक्रमबाट दुई वर्षमै दुई सय आठ महिला लाभान्वित भएका छन् । उनीहरूलाई बाख्रापालनका लागि बीउपुँजीबाट सहयोग मिलिरहेको छ । समूहअन्तर्गत रहेका महिला विस्तारै बाख्रापालनको रकमलाई बचत गर्दै लैजाने योजनामा छन् । आत्मनिर्भर बागलुङ कार्यक्रम १८ मूल समूहअन्तर्गत ७२ उपसमूह गठन भइसकेका छन् ।

महिलाहरूलाई दिएको पाठीलाई हुर्काउने र बीउपुँजीका रूपमा विकास गर्दा आयआर्जनमा सघाएको थुप्रै उदाहरण रहेको भन्दै अन्य पालिकामा महिलाले बाख्रापालन गरेरै सहकारी चलाउने र करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेको नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनले बताइन् । महिलालाई बाख्रापालनमा भोक जगाउने र बाख्रपालनलाई वृद्धि गर्ने तरिका सिकाउँदा फलदायी हुने जानकारी दिइन् । नगरपालिकाकै छिमेकी पालिका काठेखोला गाउँपालिकाको तङ्ग्राममा महिलाले बाख्रापालनबाटै वार्षिक एक करोड कमाउँदै आएको उनले  सुनाइन् । (रासस)

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ७ : ४७ बजे

विलासी करको विरोध गर्दै सुनचाँदी व्यवसायी सडकमा (तस्बिरहरू)

काठमाडौं– सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन

भृकुटीमण्डपमा सिंहदरबारको कुरुप अनुहार !

काठमाडौँ – संघीय राजधानीभित्र रहेका सार्वजनिक स्थल राज्य संरक्षित बिचौलियाबाटै

विपन्न परिवारको जीविकोपार्जन सुधार्न बाख्रासँगै डुँड वितरण

कञ्चनपुर– विपन्न वर्गको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले कञ्चनपुरका नौ वटै

अञ्जना र सुशीलले सुरु गरे ‘परिवर्तन’को छायाङ्कन

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीले नयाँ

अझै बनेन धुलिखेल–खावा सडक

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती