बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन « Khabarhub

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ ।

गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएको छ भने सात पसलमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब १५ करोडभन्दा  बढी क्षति भएको बताइएको छ ।

राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन समेत गरिएको छ ।

शनिबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बुढीगङ्गा नगर प्रमुख बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वडा नम्बर ६ का वडाध्यक्ष हेमराज जैशीले जानकारी दिए ।

उनका अनुसार समितिमा त्रिवेणी नगर प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला जैशी (न्यौपान), बुढीगङ्गा नगरपालिकाका उपप्रमुख माया खड्का (कुँवर), लगायत छन् । दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि स्थानीय तह, सङ्घ, प्रदेश र सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरिएको त्रिवेणीका नगरप्रमुख थापाले बताए ।

एक लाख सहयोग
बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले एक लाख रुपैयाँ राहतस्वरुप सहयोग गरेको छ । बुढीनन्दा नगरप्रमुख बोहराले अग्निपीडित राहत व्यवस्थापन समितिका संयोजक बानियाँलाई एक लाख नगद हस्तान्तरण गर्नुभएको बुढीगङ्गा –६ का वडाध्यक्ष जैशीले बताए ।

आगलागीपीडितका लागि राहत वितरण तथा पुनःस्थापनमा सहयोग पुर्‍‍याउने उद्देश्यले उक्त सहयोग गरिएको नगरप्रमुख बोहराले बताए । विपत्तिका बेला सबै स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताए । 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ७ : ५३ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा

कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक