पुँजी बजारमा अर्थमन्त्रीको आश्वासन : बिचौलियाको फन्दामा नपर्नुहोस्, सरकार सहयोग गर्न तयार छ | Khabarhub Khabarhub

पुँजी बजारमा अर्थमन्त्रीको आश्वासन : बिचौलियाको फन्दामा नपर्नुहोस्, सरकार सहयोग गर्न तयार छ


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार पुँजी बजारको विकास र विस्तारमा सकारात्मक रहेको बताएका छन् । धितोपत्र बोर्डलाई दबाब र प्रभावमा पार्नेहरूबाट सचेत भएर बजार विकासमा लाग्नुपर्ने उनले बताए ।

अर्थमन्त्री पौडेलले आइतबार नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै शेयर बजारमा भित्री कारोबार गर्नेलाई कारबाही दायरामा ल्याउन बोर्डलाई आग्रह गरे ।

‘गल्ती गर्नेलाई दण्डित गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ’, पौडेलले भने, ‘संस्थालाई दबाब र प्रभावमा पार्ने धेरै छन् । त्यस्ताबाट जोगाएर नियमन बढाउनुपर्‍यो ।’ पौडेलले बोर्डको भूमिका गुणात्मक रूपमा सुधार गर्न चाहेको प्रष्ट पारे ।

अर्थमन्त्री पौडेलले बजेटले पुँजी बजारप्रति सरकारको धारणा स्पष्ट पारेको बताए । ‘पुँजी बजारलाई सरकारले प्राथमिकतामा राखेर बजेटमा ल्याएको छ ।’ उनले भने । बजेट अनुसार बोर्डले काम अगाडि बढाउछ भन्ने अपेक्षा रहेको अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘बोर्ड इन्साइडर ट्रेडिङको विरुद्ध हुनुपर्छ । साथै, लगानीकर्तालाई लगानीको सचेतना प्रदान गर्नुपर्छ । पुँजी बजारमा नयाँ इन्स्ट्रुमेन्ट भित्रिनु पर्छ ।’

‘बिचौलियाको फन्दामा नपर्नुहोस्’

अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्ड बिचौलियाको फन्दामा पर्न नहुने बताए ।

उनले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई आग्रह गर्दै भने, ‘बिचौलियाको फन्दामा नपर्नुहोला ।’ पौडेलले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट रहेको पुँजी बजारको नियामक सरह सेबोनले समेत आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताए ।

पुँजी बजार अर्थतन्त्रको ऐना भएकाले पुँजी बजारको माध्यमबाट देशको अर्थतन्त्र सुधार गर्न सक्ने सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १२ : ३५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार