सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो « Khabarhub

सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विपद् पूर्वाभ्यासको क्रममा गत जेठ २२ गते कोशी बराजस्थित सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका अर्का जवानको पनि शव भेटिएको छ।

सशस्त्रका गोताखोर सुरज साउदको शव आइतबार बिहान भेटिएको हो । उनको शव कोशी बराजको ५५ नम्बर ढोका नजिकबाट निकालिएको छ ।

प्रहरीका अनुसार चितवनको कुरिनटारबाट पुगेको डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले साउदको शव निकालेको हो ।

गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र अर्का जवान हरदेव राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव शुक्रबार नै तीन किलमोटिर तल भेटिएको थियो ।

बेपत्ता भएका दुवै सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको थियो ।

उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका राजवंशीको शव सप्तकोशी किनारमा फेला पारेको थियो । साउद नभेटिएपछि कुरिन्टारबाट गोताखोर टोली गएको थियो ।

वर्षाका बेला बाढी पहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दागर्दै मधेश प्रदेश सशस्त्र प्रहरी जवान साउद र राजवंशी बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १२ : ५३ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि