अञ्जना र सुशीलले सुरु गरे ‘परिवर्तन’को छायाङ्कन « Khabarhub

अञ्जना र सुशीलले सुरु गरे ‘परिवर्तन’को छायाङ्कन


२५ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीले नयाँ फिल्म ‘परिवर्तन’को छायाङ्कन सुरु गरेका छन् ।

झापाको पाथीभरा मन्दिरमा शनिबार शुभ मुहूर्त पूजासँगै निर्देशक विजय केरुङ नेतृत्वको टोली छायाङ्कनमा निस्किएको हो ।

सुशील र अञ्जना दुवैले मुहूर्त सट दिएर छायाङ्कन सुरु गरिएको हो । ४० दिनको तालिका लिएर विजय छायाङ्कनमा निस्किएका हुन् ।

उनका अनुसार यस फिल्मको छायाङ्कन झापा, विराटनगर र इलामका विभिन्न क्षेत्रमा हुनेछ ।

फिल्ममा सुशील र अञ्जनासहित सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर मुख्य भूमिकामा रहने बताइएको छ ।

दिव्यासी फिल्मस् प्रालिको ब्यानरमा बन्ने यस फिल्मले सीमा सुरक्षा संवेदनशीलता, भ्रष्टाचारको जोलो र तल्लो वर्गका जनताको पीडाको कथा उठान गर्ने बताइएको छ ।

फिल्मका निर्माता दीपक सिवाकोटी हुने भने कथा पनि उनैले लेखेका हुन् ।

‘परिवर्तन’ शीर्षकमा यसअघि वि.सं २०२८ सालमा फिल्म निर्माण भएको थियो । उक्त फिल्मको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए । पाँ दशकपछि सोही शीर्षकमा फिल्म बन्न लागेको हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  १ : ४७ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।