अञ्जना र सुशीलले सुरु गरे ‘परिवर्तन’को छायाङ्कन « Khabarhub

अञ्जना र सुशीलले सुरु गरे ‘परिवर्तन’को छायाङ्कन


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीले नयाँ फिल्म ‘परिवर्तन’को छायाङ्कन सुरु गरेका छन् ।

झापाको पाथीभरा मन्दिरमा शनिबार शुभ मुहूर्त पूजासँगै निर्देशक विजय केरुङ नेतृत्वको टोली छायाङ्कनमा निस्किएको हो ।

सुशील र अञ्जना दुवैले मुहूर्त सट दिएर छायाङ्कन सुरु गरिएको हो । ४० दिनको तालिका लिएर विजय छायाङ्कनमा निस्किएका हुन् ।

उनका अनुसार यस फिल्मको छायाङ्कन झापा, विराटनगर र इलामका विभिन्न क्षेत्रमा हुनेछ ।

फिल्ममा सुशील र अञ्जनासहित सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर मुख्य भूमिकामा रहने बताइएको छ ।

दिव्यासी फिल्मस् प्रालिको ब्यानरमा बन्ने यस फिल्मले सीमा सुरक्षा संवेदनशीलता, भ्रष्टाचारको जोलो र तल्लो वर्गका जनताको पीडाको कथा उठान गर्ने बताइएको छ ।

फिल्मका निर्माता दीपक सिवाकोटी हुने भने कथा पनि उनैले लेखेका हुन् ।

‘परिवर्तन’ शीर्षकमा यसअघि वि.सं २०२८ सालमा फिल्म निर्माण भएको थियो । उक्त फिल्मको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए । पाँ दशकपछि सोही शीर्षकमा फिल्म बन्न लागेको हो ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १ : ४७ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान