विपन्न परिवारको जीविकोपार्जन सुधार्न बाख्रासँगै डुँड वितरण « Khabarhub

विपन्न परिवारको जीविकोपार्जन सुधार्न बाख्रासँगै डुँड वितरण


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– विपन्न वर्गको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले कञ्चनपुरका नौ वटै पालिकामा बाख्रा र दानापानी खुवाउने भाँडो (डुँड) वितरण गरिएको छ ।

जिल्लस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ३० लाख रुपैयाँको बजेटमा स्थानीय तहको समन्वयमा ‘विपन्नको जीविकोपार्जन सुधार्न बाख्रा र डुँड वितरण’ कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमअन्तर्गत हालसम्म चार पालिकाका छनोटमा परेका विपन्न परिवारलाई ६७ वटा बाख्रा र डुँड वितरण गरिएको केन्द्रका पशु अधिकृत शिवराज भट्टले जानकारी दिए । प्रतिपरिवार एउटाका दरले प्रजननयोग्य बाख्रासँगै एक थान दानापानी खुवाउने डुँड वितरण गरिएको उनले बताए । 

‘हालसम्म बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका विपन्न परिवारलाई बाख्रा र डुँड वितरण गरेका छौँ’, उनले भने, ‘गाउँपालिकालाई १९ वटा बाख्रा र डुँड तथा नगरपालिकालाई १६ वटा बाख्रा र डुँड वितरण गर्ने योजना बनाएका छौँ ।’

अधिकृत भट्टका अनुसार लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा पनि बाख्रा र डुँड वितरण गर्ने कार्यक्रम छ ।

‘जिल्ला प्राविधिक समितिबाट बाख्रा र डुँड वितरण गर्ने प्रस्ताव स्वीकृत गराएर पालिकाहरूलाई पत्राचार गर्‍यौँ’, अधिकृत भट्टले भने, ‘पालिकाले वडा छनोट गरेपछि वडाले विपन्न परिवारको पहिचान गरी आर्थिक स्रोतविहीन परिवारको विवरण पाठाएका हुन, वडाले सिफारिस गरेका विपन्न परिवारका व्यक्तिलाई बाख्रा र डुँड वितरण भइरहेको छ ।’ नौ वटा पालिकामा एक सय ६६ बाख्रा र सोही स्ङख्यामा डुँड वितरण गरिने उनको भनाइ  छ । 

विपन्न अवस्थामा रहेका एकल महिला, दलित, जनजाती तथा सीमान्तकृत वर्गलाई आर्थिक रूपमा सशक्त बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले यसले विपन्न परिवार स्वरोजगार भई आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरे  । रासस

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १ : ५१ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र