‘कल्ली’को प्रदर्शन मिति हेरफेर, सौगात हुन् शीर्ष नायक ? « Khabarhub

‘कल्ली’को प्रदर्शन मिति हेरफेर, सौगात हुन् शीर्ष नायक ?


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मल्टिस्टार फिल्म ‘कल्ली’को प्रदर्शन मिति हेरफेर गरिएको छ । घोषणा गर्दा यो फिल्म चैत २९ बाट प्रदर्शनमा आउने बताइएको थियो ।

निर्माण पक्षले आइतबार दुई नयाँ पोस्टर सार्वजनिक गरी फागुन १ लाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक एक पोस्टरमा नायक सौगात मल्ललाई एकल प्रस्तुत गरिएको छ । उनी क्रोधित मुद्रामा रगतले लतपत्तिएको भाला प्रहार गर्न लागेको अवस्थामा छन् । उनको पृष्ठभूमिमा पाटे बाघ देख्न सकिन्छ ।

दोस्रो पोस्टरमा पनि सौगातलाई विशेष स्थान दिइएको छ । अन्य कलाकार नायकहरु अपर्ण थापा, नाजिर हुसेन, उत्तम प्रधान, सलक्षण भारती र नायिका वेनिशा हमालको भन्दा सौगातको तस्बिर ठूलो छ ।

यसले मल्टिस्टारर ‘कल्ली’को शीर्ष नायकमा सौगात रहेको संकेत गर्छ । तथापि निर्माण पक्षले यसबारे खुलाएको छैन ।

निर्माण पक्षका अनुसार सबै कलाकारले निर्वाह गरेको चरित्र खुलाउने उद्देश्यले यी पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरले यो फिल्मको कथा केही वर्ष पूरानो रहेको संकेत गर्छ ।

मानिसमा लोभ पलाएपछि उसको जिन्दगीमा हुने उत्तार चढावको कथा यस फिल्म बनेको निर्माण पक्षले बताएको छ ।

लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

यस फिल्ममा निर्देशन र कथा लक्ष्मण सुनारको हो भने पटकथा महेश दवाडीले लेखेका हुन् ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : ४८ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज