फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर « Khabarhub

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर


२५ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य गरेर फिल्म ‘रातो पासपोर्ट’ बनाउने भएको छ । निर्माण पक्षले आइतबार यस फिल्म निर्माणको घोषणा गरेको हो ।

युरोपमा रहेका नेपालीहरुले त्यहाँको नागरिकता लिने गर्ने संघर्षको कथामा आधारित रहेर उक्त फिल्म बनाउन लागिएको निर्माण पक्षले जनाएको छ ।

पोर्चुगलको पासपोर्टको बाहिरी पृष्ठको थिममा निर्माण पक्षले टाइटल पोस्टर सार्वजनिक गरेको छ ।

यस फिल्मका कलाकार चयनको काम भने बाँकी रहेको छ । चाँडै यसमा काम हुने निर्माण पक्षले बताएको छ ।

युरोप र बेलायतमा रहेका कलाकारहरूलाई अडिसनमार्फत छनोट गरिने योजना निर्माण टोली रहेको कार्यकारी निर्माता प्रवेश पौडेलले बताए । फिल्मको छायाङ्कन पनि पोर्चुगलसहितका युरोपका देश र नेपालमा हुने बताइएको छ ।

फिल्मको कथा माइकल तामाङ र पटकथा तथा संवाद प्रदीपकुमार चौधरी रहेको बताइएको छ।

फिल्मको निर्देशक सिमसोन तामाङ र निर्माता लोकबहादुर तामाङ रहेका छन् ।

निर्देशक तामाङले यसअघि ‘धन्य माया जाल’, ‘लप्पन छप्पन २’ र ‘असुर द मिस्ट्री‘ (हिन्दी) जस्ता चलचित्रमा एक्सन निर्देशकरुपमा काम गरेका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ५ : ५८ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।