फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर « Khabarhub

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य गरेर फिल्म ‘रातो पासपोर्ट’ बनाउने भएको छ । निर्माण पक्षले आइतबार यस फिल्म निर्माणको घोषणा गरेको हो ।

युरोपमा रहेका नेपालीहरुले त्यहाँको नागरिकता लिने गर्ने संघर्षको कथामा आधारित रहेर उक्त फिल्म बनाउन लागिएको निर्माण पक्षले जनाएको छ ।

पोर्चुगलको पासपोर्टको बाहिरी पृष्ठको थिममा निर्माण पक्षले टाइटल पोस्टर सार्वजनिक गरेको छ ।

यस फिल्मका कलाकार चयनको काम भने बाँकी रहेको छ । चाँडै यसमा काम हुने निर्माण पक्षले बताएको छ ।

युरोप र बेलायतमा रहेका कलाकारहरूलाई अडिसनमार्फत छनोट गरिने योजना निर्माण टोली रहेको कार्यकारी निर्माता प्रवेश पौडेलले बताए । फिल्मको छायाङ्कन पनि पोर्चुगलसहितका युरोपका देश र नेपालमा हुने बताइएको छ ।

फिल्मको कथा माइकल तामाङ र पटकथा तथा संवाद प्रदीपकुमार चौधरी रहेको बताइएको छ।

फिल्मको निर्देशक सिमसोन तामाङ र निर्माता लोकबहादुर तामाङ रहेका छन् ।

निर्देशक तामाङले यसअघि ‘धन्य माया जाल’, ‘लप्पन छप्पन २’ र ‘असुर द मिस्ट्री‘ (हिन्दी) जस्ता चलचित्रमा एक्सन निर्देशकरुपमा काम गरेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ५ : ५८ बजे

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज

मिथिलामा झुलनोत्सव सुरु

महोत्तरी– मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन

मुग्लिन सडकमा सुक्खा पहिरो, यातायात ठप्प

काठमाडौँ– सिमलधारामा सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौँ सडक पूर्ण रूपमा यातायात