मुग्लिन–मलेखु सडक आठ किलोमिटर कालोपत्र « Khabarhub

मुग्लिन–मलेखु सडक आठ किलोमिटर कालोपत्र


२५ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

चितवन– मुग्लिन–मलेखु सडकको करिब आठ किलोमिटर भाग कालोपत्र गरिएको छ । थप दुई किलोमिटर कालोपत्र गर्ने तयारी गरिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ बजार क्षेत्रमा कालोपत्र गरिएको छ । धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक कालोपत्र गरिएको हो । झण्डै १४ मिटर फराकिलो कालोपत्र गरिएको छ । धादिङको मझिमटार र विशालटारमा  झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ ।

प्रमुख नेपालले भने, ‘करिब आठ किलोमिटर क्षेत्र कालोपत्र भएको छ, मौसमले साथ दियो भने थप दुई किलोमिटर कालोपत्र गर्दैछौँ ।’ अहिलेसम्म ३२ प्रतिशत हाराहारी प्रगति भएको उनले जानकारी दिए । असारसम्ममा चार वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेपाल बताउनुहुन्छ । ती पुलमा बिम (गडर) राख्नका लागि तयारी गरिएको छ । हेभी उपकरणमार्फत बिम पुलमा चढाउनुपर्ने हुन्छ । 

आयोजनाका इञ्जिनियर विजय दरैका अनुसार भारतबाट उपकरण मगाएर काम गर्ने तयारीमा निर्माण कम्पनी रहेको छ । अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ । चितवनतर्फको बारवाङ र मौवा खोला एवं धादिङतर्फको गौमती र खतौटीको पुलमा बिम राख्नका लागि तयारी गरिएको छ भने धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ । 

असार पहिलो साता पुलमा बिम चढाउने तयारीमा आयोजना रहेको छ । बिम चढाउँदा सडक बन्द गर्नुपर्ने दरै बताउनुहुन्छ । उपकरण आएपछि स्थानीय प्रशसनसँग समन्वय गरेर काम गर्ने उनले जानकारी दिए । 

यो खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन सडक बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक सात दशमलव दुई किमी हुनेछ । 

यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ लेन पनि बनाइनेछ । जुन दुई दशमलव तीन किलोमिटर हुनेछ । बाँकी सडक ‘डेडिकेटेड’ दुई लेनको हुनेछ ।

विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ ।  यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ ।

शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा सो खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम भइरहेका छन् । यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो ।
 

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ४ : ०२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर