भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे | Khabarhub Khabarhub

भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८१ पुस १० गते पार्टीबाट निकालिएका पूर्वउपाध्यक्ष डा. भीम रावलबारे तीतो टिप्पणी गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको कीर्तिपुरमा उद्घाटनका क्रममा उनले प्रधानमन्त्रीसमेत रहेका ओलीले रावलले जहिल्यै आम्दानी हुने पद खोजेर दु:ख दिएको बताए ।

‘भीम रावलले वर्षौँसम्म पार्टीबारेमा कहिल्यै सकारात्मक कुरा नगर्ने, जहिल्यै बाहिरबाट ढुंगा हानिरहने । रावल पार्टीभित्र पनि अराजक, बाहिर पननि अराजक’, उनले भने, ‘जहिल्यै आम्दानी हुने ठाउँ चाहियो, पद चाहियो, एकछिन पनि पदबिना बस्न नसक्ने ।’

रावल एमालेबाट निकालिएपछि मातृभूमि अभियान लिएर देशभर हिँडिरहेका छन् । उनले नयाँ पार्टी खोल्न जिल्ला जिल्ला पुगेर छलफल पनि चलाइरहेका छन् ।

उनले एमालेको मिसन ०८४ सफल हुने पनि बताए । ओलीले एकताबद्ध एमाले हुन सकेमा ०८४ को निर्वाचनमा एकल बहुमत आउने पनि जिकिर गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : २४ बजे

‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने इरानको चेतावनी

तेहरान – इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याइएको आणविक

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका

केपी ओली पूर्वराष्ट्रपतिसँग कुरा गर्न तयार, अष्टलक्ष्मीले भनिन्- यसरी अल्झाएर भएन, नवीकरण विवाद टुंग्याऊँ

काठमाडौं- शनिबार भक्तपुरको गुन्डुमा बसेको नेकपा (एमाले) को सचिवालय बैठकमा

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौं – गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा