नेपालमा प्रति १ लाख जनसंख्याको १२ जनामा ब्रेन ट्युमर  « Khabarhub

नेपालमा प्रति १ लाख जनसंख्याको १२ जनामा ब्रेन ट्युमर 


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको ब्रेन ट्युमर सम्बन्धी तथ्यांक सार्वजनिक भएको छ । 

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा आइतबार वीर अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको नेतृत्वमा नेपालमा ब्रेन ट्युमर बिरामीबारे पहिलो पटक तथ्यांक सार्वजनिक गरिएको न्यूरो सर्जन विभाग प्रमुख प्राडा राजीव झाले जानकारी दिए ।

उक्त तथ्यांक अनुसार प्रत्येक वर्ष नेपालमा २५ सय देखि २६ सय ब्रेन ट्युमरका नयाँ बिरामी थपिने गरेका छन् । पहिलो पटक नेपाल ब्रेन ट्युमरको केस अध्ययन भएर तथ्यांक सार्वजनिक गर्नु  एक ऐतिहासिक कदम मानिएको छ डा. झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

देशभरका २० भन्दा बढी न्यूरोसर्जिकल केन्द्रबाट १ हजार ७३९ ब्रेन ट्युमरका बिरामीको तथ्यांक संकलन र विश्लेषण गरिएको तथ्यांकका आधारमा हरेक वर्ष २५ नेपालमा २५ सयदेखि २६ सय नयाँ मस्तिष्क ट्युमरका बिरामी पहिचान हुने निष्कर्ष निकालिएको डा. झा ले जानकारी दिए ।

यो तथ्यांक अनुसार २ करोड २० लाख जनसंख्याको अनुपातमा विश्लेषण गर्दा करिब १ लाख जनसंख्या बराबर करिब १२ जना ब्रेन ट्युमरका बिरामी रहेको देखाउँछ । 

तथ्याङ्क विश्लेषण गर्दै प्रा.डा. झाले भने, ‘ ब्रेन ट्युमर सबैभन्दा बढी ४० देखि ५० वर्ष उमेर समूहमा रहेको पाइएको छ । जसमा पुरुष र महिलाको अनुपात समान देखिएको छ । मस्तिष्क ट्युमरका प्रमुख लक्षणहरूमा ५८ प्रतिशत बिरामीमा टाउको दुख्ने, ३६ प्रतिशतमा बान्ता हुने, साथै बेहोस हुने, पक्षाघात र टाउको घुम्ने जस्ता समस्या देखिएका छन् ।’

बागमती र मधेश प्रदेशमा सबैभन्दा धेरै बिरामी पहिचान भएका छन् । ट्युमरको प्रकारमा सबै भन्दा धेरै ग्लायोमा ३९ प्रतिशत देखिएको छ । जसमा ५६ प्रतिशत उच्च–ग्रेड ग्लायोमा देखिएको छ । यस अवस्थामा शल्यक्रिया, विकिरण, किमोथेरापी जस्ता बहुआयामिक उपचार आवश्यक पर्छ । यो अवस्थामा उपचारका परिणाम कमजोर हुने अध्ययनले देखाएको छ ।

अध्ययनका क्रममा मेनिन्जियोमा २१ प्रतिशत र पिट्युटरी ट्युमर ८ प्रतिशत देखिएको छ । विशेषज्ञ न्यूरोसर्जनहरूको संख्या, न्यूरो केन्द्रहरूको विस्तार र प्रविधिको विकासले उपचार परिणाम सुधारोन्मुख रहेको डा. झाले बताए ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : ४२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा