इरानमा कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने | Khabarhub Khabarhub

इरानमा कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण देखाउँदै सार्वजनिक स्थलमा कुकुर हिँडाउन लगाइएको प्रतिबन्धलाई बिस्तार गरिएको छ । 

सन् २०१९ मा तेहरानमा कुकुरलाई सार्वजनिक स्थलमा हिँडाउन प्रतिबन्ध लगाउने प्रहरीको निर्देशनलाई प्रतिबिम्बित गर्दै आइतबारदेखि पश्चिमको इलाम शहरमा यो प्रतिबन्ध विस्तार गरिएको छ ।

हालैका दिनहरूमा कम्तीमा १७ अन्य शहरहरूले पनि यस्तै प्रतिबन्धहरू लागू गरेका छन्, जसमा मध्यमा इस्फाहान र दक्षिणमा केर्मान शहर समावेश छन्।

सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिदेखि नै कुकुरको मालिक हुनु र सार्वजनिक स्थलमा घुमाउनु विवादको विषय बनेको छ । यद्यपि कुकुरको स्वामित्वलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने कुनै कानुन भने अख्तियार गरिएको छैन । 

इस्लामिक धर्म मान्ने कैयौँ विद्वानहरूले कुकुर पाल्नु वा तिनीहरूको थुकको सम्पर्कमा आउनुलाई ‘नाजी’ वा धार्मिक रूपमा अशुद्ध ठान्छन् भने केही अधिकारीहरूले तिनीहरूलाई पश्चिमी सांस्कृतिक प्रभावको प्रतीकको रूपमा लिन्छन् ।

कुकुरको स्वामित्वलाई निरुत्साहित गर्ने व्यापक अभियानको एक भागको रूपमा स्थानीय अधिकारीहरूले सार्वजनिक स्थानहरूमा हिँड्न वा तिनीहरूलाई सवारी साधनमा बोक्न समय–समयमा प्रतिबन्ध लगाएका छन्।

तेहरान र इरानका अन्य ठाउँहरूमा धेरै कुकुर मालिकहरूले आफ्ना कुकुरलाई डुलाइरहेका कारण प्रतिबन्धहरू लागू गर्नु धेरै हदसम्म असङ्गत भएको छ ।

सुधारवादी इतेमाद पत्रिकाले आइतबार इलाम शहरका एक अधिकारीलाई उद्धृत गर्दै ‘उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गरिने’ बताएको छ ।

इरानको सरकारी अखबारले शनिबार भनेको छ, ‘सार्वजनिक सुव्यवस्था कायम राख्न, सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक स्वास्थ्यको रक्षा गर्नका लागि पछिल्लो कदम चालिएको हो ।’

पश्चिमी सहर हमेदानका अभियोजक अब्बास नजाफीले भने, ‘कुकुरको हिँडडुल जनस्वास्थ्य, शान्ति र आरामका लागि खतरा हो ।’

सन् २०२१ मा इरानका करिब ७५सांसदले घरपालुवा जनावर कुकुरको स्वामित्वलाई ‘विनाशकारी सामाजिक समस्या’ भन्दै निन्दा गरेका थिए ।

सन् २०१७ मा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले ‘कुकुर पाल्ने, सिकार गर्ने र पहरा दिने’ बाहेक अन्य कारणले कुकुर पाल्नु निन्दनीय मानिने बताएका थिए । 

‘यदि यो अभ्यास गैर–मुस्लिमसँग मिल्दोजुल्दो छ, उनीहरूको संस्कृतिलाई बढावा दिन्छ वा छिमेकीहरूलाई हानि र अशान्ति निम्त्याउँछ भने यसलाई वर्जित मानिन्छ,’ तस्नीम समाचार एजेन्सीले खामेनीलाई उद्धृत गरी उल्लेख गरेको छ । रासस
 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : ४६ बजे

जिरीको होटल यार्साले प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिने

काठमाडौं– प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई

नेशन्स लिगको फाइनलमा आमनेसामने हुँदै ४० रोनाल्डो र १७ वर्षे यामाल

म्युनिख, जर्मनी– युइएफए नेशन्स लिगको रोमाञ्चक फाइनलअघि पोर्चुगलका कप्तान क्रिस्टियानो

हरित क्रान्तिमा तेह्रथुमका किसान

तेह्रथुम– फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनै बेला ३० देखि

एम्ब्बाप्पेले पूरा गरे फ्रान्सका लागि ५० गोल

काठमाडौं- स्टार स्ट्राइकर किलियन एम्बाप्पेले फ्रान्सका लागि ५० गोल पूरा